चितवनबाट मनको बह पोख्दैछु ।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको नतिजा हेर्दा देश विदेशका दलित विद्वानहरु, देशका प्रतिष्ठित पत्रपत्रिका गोरखापत्र, कान्तिपुर र अन्य यलष्लिभ खबरले मदिसे दलितको उपस्थिति शून्य समाचारले सामाजिक सञ्जाल रङगिएको छ । २ तिहाइ पाएका सहित अन्य ६ वटै राष्ट्रिय दल बन्न सफल पार्टीले मधेसि दलितलाई किन समेटिएन भन्दा ती पार्टीहरुमा माननीय हुने लायकका सदस्य थियो कि थिएन ? भनेर किन आवाज उठिरहेको छैन ।
खगेन्द्र सुनार जित्न सक्छ त मधेसि दलितहरु किन आँट गरेनन् ? यता किन सोचेनौ । यहिले सामाजिक सञ्जालमा वेदना पोख्नेहरु चुनाव पुर्व किन अभियान चलाएन ? अथवा यहाँको पार्टीले अटेरी गरेको, महत्त्व नदिएको थियो भने अन्य पार्टीबाट उमेदवारी दिलएका दलित साथीलाई किन मतदान गरिएन ?
जातीय कलष्टर बमोजिम समानुपातिक निर्वाचन प्रणालीको लिष्ट पेश गरेको देखि सच्याउन मिल्न सक्ने समयसिमा सम्म किन चुपचाप ? पहाडिया दलितको नाम मात्रै प्राथमिकतामा राखेको प्रति कहींकतैबाट आवाज ननिस्कनुलाई के भन्ने ?
मधेसी दलितलाई बहिष्करण भयो रे ?
आश्चर्य अन्य पार्टीबाट पहिलो प्राथमिकतामा राखेका मधिसे दलित उम्मेदवारलाई जिताउन के ले रोक्यो ? किन त्यहीँ पार्टीको छापमा मतदान गरिदिनु भएन ? दलित बाहुल्य निर्वाचन क्षेत्र सप्तरी १ मा श्याम सरदार,, सिरहा ४ मा विश्वेन्द्र पासवान,, सर्लाहीबाट राजाराम पासवान र हरिनन्दन राम, रौतहट ४ बाट राजकुमार दास तत्मा, बारा २ बाट निखिल पासवान जस्ता चर्चित दलित नेता साथीहरू चुनावी मैदानमा होमिएकै थिए, मत परिणाम हेर्नुस् त मधेसी दलितको १८% मतभार मेल खान्छ ?
वहियात बखेडा झिकेर केही हुने देखिदैन । आफुमा निहित अधिकार अरुलाई सुम्पे पछि किन रोइलो किन रुवावासि ?
बरु यिनै पहाडिया दलित माननीयहरुलाई सहज काम गर्न गराउन सडकबाट खबरदारी गरौं, संविधान संशोधन प्रक्रियामा मधिसे दलितको बञ्चितिकरणबाट मुक्ति कसरी हुन्छ त्यसका लागि संघर्ष गरौं अगाडि आउन लागेका चुनावहरुमा यस्ता अन्धभक्तीबाट बचौ । आफनो नीति निर्माता माननीय आफै चयन गरौ । मनुवादीका बाउवाजेको सोच र प्रवृत्ति हिजो जस्तो थियो, यिनका छोरा छोरीमा त्यही जिन हावी छ बुझौं ।
लोकतन्त्रमा हामी विभिन्न विचार सिद्धान्तका पार्टीमा आबद्ध हुन्छौं पार्टी बनाउन सहयोग गछौर्. त नीति निर्माण तहमा पुग्नै पर्छ, र हक अधिकार खोस्नेहरुलाई दुश्मनको नजरले हेर्ने गरौैं। आत्मबोध गरौं, समिक्षा गरौं, हामी एकताबद्ध भयौ भने आजकौ जस्तो भिख माग्न पाराले गिरगिराउनु पर्दैन ।
हाम्रो समुदायमा रहेको तागत हामीले प्रयोग ग¥यौ. भने शासक हुन्छौ । केही दलित साथीहरू अवसर पाएका पनि हुन् नाम र बदनाम पनि कमाएकै हुन् नाम कमाएका हरुको प्रचार गर्न सकेनौ र बदनाम भएकाहरूको बिरोध गर्न सकेनौ । यसमा अन्य समुदायले मौका पाए र झन बिभाजित बनाए ।
अब हामीले यस्ता कमी कमजोरी हटाउदै एकजुट भएर अगाडि बढयौ भने दिल्ली दुर छैन।
* बुवाको उप्चारमा चितवनबाट मनको बह पोख्दैछु । जय मधेस ।
चन्देश्वर पासमान
समन्वय समिति सदस्य
जनता समाजवादी पार्टी नेपाल,
डोटिम परिसंघ केन्द्रिय संयोजक

+ There are no comments
Add yours