प्रणव कर्ण, सिरहा, २१ असार। स्वास्थ्यसम्बन्धी सही, तथ्यपरक र जनहितमुखी सूचना प्रवाहलाई प्रभावकारी बनाउन मिर्चैयामा मिडियाकर्मीका लागि स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य निर्देशनालय, सपही (धनुषा) को आयोजना तथा नेपाल पत्रकार महासंघ सिरहा शाखाको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य पत्रकारिता, व्यवहार परिवर्तन सञ्चार, जोखिम सञ्चार, तथ्य परीक्षण, स्रोत प्रमाणीकरण तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग लगायत विषयमा छलफल गरिएको थियो।

प्रमुख अतिथि डा. युगल किशोर यादवले स्वास्थ्यसम्बन्धी समाचार तथ्यमा आधारित र विश्वसनीय हुनुपर्नेमा जोड दिए भने प्रशिक्षक वरिष्ठ पत्रकार अनिल कर्णले स्वास्थ्य पत्रकारितालाई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जिम्मेवारीपूर्ण क्षेत्र भएको बताए।
नेपाल पत्रकार महासंघ सिरहा शाखाकी उपाध्यक्ष उषा यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषणा चुरे नदी प्रणाली पत्रकार समाज नेपालका का।वा। अध्यक्ष अभरेन्द्र कुमार यादवले गरेका थिए।


+ There are no comments
Add yours