पार्टीको अनुशासन र सिद्धान्तमाथि प्रश्न उठाउँदै गंगा पासमानको चेतावनी

Spread the love

पार्टीको अनुशासन र सिद्धान्तमाथि प्रश्न उठाउँदै गंगा पासमानको चेतावनीस् ‘विधानविपरीत निर्णय भए जिम्मेवारीमा बस्दिनँ’

सिरहा। कर्जन्हा नगरपालिकाका पूर्वमेयर तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का मधेश प्रदेश कमिटी सदस्य गंगा पासमानले पार्टीभित्र बढ्दो गुटबन्दी, अनुशासनहीनता र विधानविपरीत निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
उनले नेपालको लोकतान्त्रिक आन्दोलन, गणतन्त्र, सामाजिक न्याय तथा जनअधिकारका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीलाई जनमुखी, अनुशासित र सिद्धान्तनिष्ठ बनाउन व्यापक सुधार आवश्यक रहेको बताएका छन्।
पासमानले व्यक्तिगत स्वार्थ, अवसरवाद, गुटबन्दी तथा अनुशासनहीन प्रवृत्तिले पार्टी संगठन कमजोर बन्दै गएको उल्लेख गर्दै विधि, विधान र अनुशासन सबै नेता तथा कार्यकर्ताका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राखेका छन् । पार्टीको हितमा इमान्दारीपूर्वक काम गर्ने कार्यकर्तालाई उचित सम्मान र जिम्मेवारी दिनुपर्ने तथा पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि विधानअनुसार निष्पक्ष कारबाही हुनुपर्ने उनको माग छ।
उनले विशेषगरी सिरहा जिल्लामा पार्टी कमजोर बन्दै गएको विषयमा नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। कर्जन्हा नगरपालिकाको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक मेयर उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जोगी राउत तथा प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएका शक्ति लामालाई मधेश प्रदेश कमिटीमा समावेश गर्ने प्रयास भइरहेको भन्ने जानकारीले इमानदार कार्यकर्तामा निराशा बढाएको उनको दाबी छ।
पासमानका अनुसार, यदि पार्टी नेतृत्वले विधान र निर्णय प्रक्रियालाई बेवास्ता गर्दै यस्ता निर्णयलाई निरन्तरता दियो भने त्यसले संगठनको विश्वसनीयता र कार्यकर्ताको मनोबलमा गम्भीर असर पर्नेछ। उनले पार्टी नेतृत्वलाई विधिसम्मत, पारदर्शी र न्यायपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।
साथै, उनले स्पष्ट चेतावनी दिँदै पार्टीको विधान, सिद्धान्त र अनुशासनविपरीत निर्णय गरिए आफू मधेश प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा बसिरहन नसक्ने बताएका छन्। पार्टीलाई सुदृढ, एकताबद्ध र जनविश्वासयुक्त बनाउन नेतृत्वले समयमै आत्मसमीक्षा गर्दै सही निर्णय लिनुपर्ने उनको जोड छ।
स्रोत ः गंगाजल एफ एम

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours