मिर्चैया, प्रणव कर्ण, साउन १४ – सिरहाको मिर्चैयामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सर्वपक्षीय सद्भाव र्याली सम्पन्न भएको हो।
विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, अगुवा, युवा तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागितामा आयोजित र्यालीले पछिल्लो समय विभिन्न स्थानमा भएका घटनाप्रति संवेदनशील हुँदै सामाजिक एकता र सद्भावलाई अझ सुदृढ बनाउन सबैलाई आह्वान गरेको थियो।
सहभागीहरूले कुनै पनि प्रकारका अफवाह, धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै कानुनी शासन, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएका थिए।
मिर्चैया साभाm चौक देखि शुरुभएको ¥याली बजार क्षेत्र परिक्रमा गरेको र सद्भाव र्याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

+ There are no comments
Add yours