मिर्चैयामा दुई दिने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन

Spread the love

मिर्चैया,  पिके कर्ण। मिर्चैया नगरपालिका–स्थित श्री मोहन माध्यमिक विद्यालयको प्राङ्गणमा दुई दिने विज्ञान तथा प्रविधि प्रदर्शनी२०८३ को उद्घाटन सत्र सम्पन्न भएको छ।

विद्यार्थीहरूमा रहेको सिर्जनशीलता, नवप्रवर्तनात्मक सोच तथा वैज्ञानिक क्षमताको उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा ३४ वटा विद्यालयको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक अशोक कुमार यादवले जानकारी दिनुभयो।

प्रदर्शनीमा विभिन्न वैज्ञानिक सामग्री, प्रविधिमैत्री नमुना तथा विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक परियोजनाहरू प्रदर्शन गरिएको छ। प्रदर्शनीले विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता, नवप्रवर्तन तथा प्रयोगात्मक सिकाइप्रति रुचि बढाउने अपेक्षा गरिएको छ।

प्रदर्शनी तथा भवन उद्य्घाटनको उद्घाटन सत्रमा **नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’**को विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले गर्नुभएको थियो।

त्यस्तै, कार्यक्रममा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य तपेश्वर यादव लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सहभागी विद्यालयका विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न नमुना तथा परियोजना प्रस्तुत गर्नेछन्। यसले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूलाई अनुसन्धान, सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

कार्यक्रमको सञ्चालन शिक्षक मनिकलाल साहधनञ्जय महतोले गर्नुभएको थियो।

 

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours