बाढीमा बुवा गुमाएका दुई बालबालिकाको जिम्मेवारी लिए डा. सिंहले

Spread the love

राजविराज, पिके कर्ण ।  मधेशी एकता समाज, नेपाल इकाइकी अध्यक्ष, जसपा नेपालका केन्द्रिय सदस्य डा.बँबी सिंहले रसुवा बाढीमा बुवा गुमाएका सप्तरी राजविराज–१६ बोरियाका १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनीको बालिग नहुन्जेलसम्म खानपान र अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने घोषणा गर्नुभएको छ।

दुवै बालबालिकाले यसअघि नै आमासमेत गुमाइसकेका छन्। अभिभावक विहीन बालबालिकाको संरक्षणका लागि  डा.बँबी सिंहले गरेको घोषणाको सामाजिक क्षेत्रमा प्रशंसा भइरहेको छ।

समाजसेवी  अवकाश प्राप्त वन अधिकृत र  पुर्व मधेशी निजामति कर्मचारी मंचका अध्यक्ष भुवनेश्वर चौधरीले आमा बुवालाई फिर्ता ल्याउन नसके पनि बालबालिकाको सुरक्षित भविष्यका लागि आधार दिनु ठूलो मानवीय सहयोग भएको बताउनुभयो।

डा. सिंह गत प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. ४ बाट जसपा नेपालका उम्मेदवारसमेत बन्नुभएको थियो। उहाँको यो घोषणापछि सामाजिक क्षेत्रमा सकारात्मक चर्चा भइरहेको छ।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours