मलेसियामा कार्यरत पासमान युवाको पहल : सिराहाका विद्यार्थीलाई कापी–कलम वितरण

Spread the love
  1. जय श्री सलहेश युवा समाज सेवा मलेसिया शाखाद्वारा सिराहा नगरपालिकाका पासमान समाजका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

सिराहा, पिके कर्ण । जय श्री सलहेश युवा समाज सेवा मलेसिया शाखाले सिराहा नगरपालिका क्षेत्रभित्र रहेका पासमान समाजका बाल विकासदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरेको छ।

सिराहा पुस्तकालय भवनमा आयोजित कार्यक्रममा जय श्री सलहेश युवा समाज सेवा मलेसिया शाखाका नेपाल प्रतिनिधि रामकिशोर पासमानको अध्यक्षता रहेको थियो। कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय धर्मेन्द्र पासमान प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा दलित अधिकारकार्मि चन्देश्वर पासमान, विजय पासमान, मोहन पासमान र रीना पासमान प्रेस मञ्च नेपाल, मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र कुमार यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने शोभित पासमानले कार्यक्रम सञ्चालन गरेका थिए।

मलेसियामा रोजगारीका क्रममा रहेका नेपाली पासमान समाजका युवाहरूले आफ्नो घर–परिवारको जिम्मेवारीसँगै आर्थिक सहयोग जुटाएर समुदायका बालबालिकालाई शिक्षातर्फ प्रोत्साहित गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासमानले संघीय सरकारले शिक्षा क्षेत्रमा गर्दै आएको निःशुल्क शिक्षा तथा अन्य सकारात्मक पहलका विषयमा चर्चा गरे। उनले बालबालिकाको शिक्षामा पहुँच बढाउन राज्यसँगै समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताए।

त्यस्तै, विशिष्ट अतिथिहरूले पासमान समाजका बालबालिकाको शैक्षिक विकासका लागि समुदायस्तरबाट निरन्तर सकारात्मक पहल र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको हातबाट पासमान समाजका विद्यार्थीहरूलाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours