सिरहा, पिके कर्ण । अग्रगामी मोर्चा मिर्चैयाको आयोजनामा शुभकामना आदानप्रदान, भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
जनमत पार्टीका मिर्चैया नगर अध्यक्ष कृष्णचन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य चन्देश्वर पासमान र जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य जागेश्वर साहले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा अग्रगामी मोर्चामा आबद्ध जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, बहुजन एकता पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) तथा संघीय समाजवादीसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्यबारे जसपा नेपालका सिरहा जिल्ला कार्यकारिणी सदस्य अजय यादवले प्रकाश पारेका थिए। प्रलोपा केन्द्रीय सदस्य चन्दन सिंहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रलोपा सिरहा जिल्ला अध्यक्ष बब्लु यादवले गरेका थिए।
शुभकामना मन्तव्यका क्रममा बहुजन एकता पार्टी नेपालका केन्द्रिय महासचिव सुरज महरा, आम जनता पार्टीका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला संयोजक उदय साह, बहुजन एकता पार्टी नेपालका केन्द्रीय सदस्य संजीत महरा, जसपा नेपाल मधेश प्रदेश कार्यकारिणी सदस्य प्रभात सिंह, जिल्ला सदस्य पशुपति साहलगायतका नेताहरूले अग्रगामी मोर्चालाई सफल बनाउँदै वडा तहसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
विभिन्न राजनीतिक दल तथा परिवर्तनकारी शक्तिहरूबीच सहकार्य, एकता र आपसी समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रमले मोर्चाको संगठन विस्तार तथा राजनीतिक सहकार्यलाई स्थानीय तहसम्म पुर्याउन सहयोग पुग्ने विश्वास सहभागी नेताहरूले व्यक्त गरेका थिए।

+ There are no comments
Add yours