मिर्चैया, पिके कर्ण । सिरहाको मिर्चैया नगरपालिका–स्थित मटियर्वा आधारभूत विद्यालयको योग केन्द्रमा सप्तरी निवासी योगगुरु सुभाषचन्द्र दासलाई सम्मान गरिएको छ।
आज आयोजित कार्यक्रममा मटियर्वा आधारभूत विद्यालय योग केन्द्रका अध्यक्ष पशुपति यादवले योगगुरु दासलाई खादा ओढाएर सम्मान गरेका हुन्।
सो अवसरमा योगगुरु दासले योग साधकहरूलाई योग सम्बन्धी ज्ञान, सीप तथा योगाभ्यासका विभिन्न विधिबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा मिर्चैया योग समितिका अध्यक्षलगायत योग साधकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा योगको महत्त्व र नियमित योगाभ्यासले स्वस्थ जीवनशैली निर्माणमा पुर्याउने योगदानबारे समेत चर्चा गरिएको थियो।

+ There are no comments
Add yours