नमुना विद्यालय मिर्चैयामा खेलकुद मैदानको अभाव ।

Spread the love

फरिच्छ नेपाल
मिर्चैया, सिरहा

मिर्चैया नगरपालीकामा स्थानीय स्तरको खेलकुद मैदान नहुँदा युवा पुस्ता कुलतमा फस्ने सम्भावना वढिरहेको छ । यस्तो गम्भिर र संवेदनशिल कुरामा मिर्चैया नगरपालीकाको अथवा सरोकार वालाको ध्यान नजानु अतिनै दुःखदहो ।
नियमित फुटबल, क्रिकेट, योग, प्राणायाम, मेडिटेशनबाट बंचित स्थानिय ।
विगत केही वर्ष देखी स्थानीय स्तरको समेत खेलकुद हुन नसक्नु अतिनै दुर्भाग्य पुर्ण रहेको छ मिर्चैया नगरपालीका भैसक्दा पनि एकमात्र व्यवस्थित श्रीमोहन माविको खेलकुद मैदान गाई वस्तुको चरण र स्थानीय व्यीक्तहरुको आवागमनले खेलकुद हुन छोडेको छ । वर्खामा पानी जम्ने चारैतिरवाट पर्खालले घेरेपनि पुर्ण रुपमा घेरवार नगरेकोले गाई वस्तु, गाडीहरु निर्वाधरुपमा आवागमन गर्नेभएकोले खेलकुद प्रतिको आकर्षण घ्ट्दै गएको शान्ति युवा क्लवका सदस्य प्रभात सिंहले वताउनु भयो ।
हिउँद महिना लागेपछि नगरपालीकाको लगानीमा एक दुई दिनको एथलेट्क्सि खेलकुद वजेट सिध्याउने अन्तर विद्यालय प्रतियोगिता गराउने र त्यसपछि अन्य कुनै पनि किसीमको खेलकुद यस मैदानमा सञ्चालन गर्न सक्ने अवस्था नरहेको खेलाडी सरोज साहले वताउनु भयो । त्यसै गरी मोहन माविका छात्र छात्राहरुले वर्षमा एक दुईदिन मात्र हामीहरुको खेल हुने र अरुदिन कुनै पनि किसिमको खेलकुद गतिविधहरु नभउको वताए ।
केही वर्ष पहिले एम एन पि एल क्रिकेट खेल सम्पन्न गर्दा पुनः यसको निरन्तरता हुने खेलाडीहरुको चाहना स्वरुप दोस्रो सिजनको लागी युवा खेलाडीहरु संग भेटघाट कार्यक्रममा कार्यक्रम संयोजक अभरेन्द्र कुमार यादवले मोहन मा.वि मिर्चैयाको एक मात्र खुला खेलकुद मैदानमा रहेको त्यसमापनि गाई भैसि र वाख्राको लागी चरण, डिजल र पेट्रोलवाट चल्ने गाडीहरु सिक्ने मैदानमा परिवर्त भइसकेकोले सुरक्षाको दृष्टिकोण वाट यस्तो किसिमको खेलकुद आयोजनागर्न नसकेको वताउँदै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले जिम्मेवारीलिनु पर्ने औल्यायँदै विगत लामो समयदेखी कुनै पनि किसिमको खेल कुद हुन नसक्नु युवा पुस्ताको लागी दुःखद कुराहो वताउनु भयो ।
कार्यक्रममा एम एन पि एल दोस्रो सिजनको लागी प्रोयोजकहरुको पनि दवावरहेको तर खेलकुद गराउने वातावरण नरहेको साथै सम्वन्धीत निकायको समयमै ध्यान पुगोस र पुर्ण परिवर्तित खेल मैदान यहाँका युवा पुस्ताले पाओस स्थानीअभिभावकहरुको चाहना रहेको संयोजक यादवले वताउनु भयो ।
श्री मोहन मावि का प्रधानअध्यापक अशोक यादवसंग खेलकुद मैदानकोवारेमा किन उदासिन भएको वारे वुझ्दा वजेटको अभावमा खेलमैदान वनाउन नसकेको तर नगरपालीकाले विगतको आर्थिक वर्षमा पर्खा लगाइदिएको र अव यस वर्ष पुर्ण रुपमा मैदानको सुरक्षा सहित खेलमैदान व्यवस्थित वनाउने योजना भैसकेको छ । मैदानको जग्गा अतिक्रमणभएको हुँदा पहिलो चरणमा पर्खालले घेरवेर गर्ने र अव खेलमैदान वाट आवत जावत यो सम्पुर्ण रोक लागइ व्यवस्थित गर्छु र यसकोलागी मिर्चैया नगरपालीकाका मेयर श्रवण यादवले समेत प्रतिवद्धता जनाउनुभएको वताउनु भयो ।
(स्मरण : कोलागी मेयर श्रवण कुमार यादव मोहन माविको विध्यालय व्यवस्थापन समिति अध्यक्ष समेत हो ।

खेलकुद मैदानको अवस्था ।

 

You May Also Like

More From Author

+ There are no comments

Add yours