प्रेमशिला यादव
सिरहा ।
जसपा–एमाले गठबन्धनबाट सिरहा ४ मा अन्ततः जसपाका डा. बिरेन्द्र महतोले टिकट पाएका छन् । तत्कालीन संविधानसभा सदस्यसमेत रहेका उनी जसपाका राजनीतिक समिति सदस्य छन् ।
सिरहा ४ बाट २०७४ को निर्वाचनमा यस क्षेत्रबाट जसपाका राजकिशोर यादव निर्वाचित भएका थिए । पार्टी राजनीतिमा पनि अलिक प्रभाव राख्ने नेता भएकाले यसपालि पनि उनैले यस क्षेत्रको टिकट पाउने आकलन गरिएको थियो । तर, अन्ततः पार्टीले उनलाई सिरहा २ पठाएको छ । उनले यहाँबाट टिकट नपाउनु मूख्य कारण भने उनीप्रतिको जन असन्तुष्टि छ । यहाँको राजनीतिमा पनि उनको कार्यशैलीका कारण कार्यकर्ता उनीप्रति असन्तुष्ट थिए । यहाँसम्मकी पछिल्लो समय यस क्षेत्रमा राजकिशोरको कोर टिममै रहेर काम गरेकाहरु पनि उनको साथ छाडेर हिँडेका छन् । यस क्षेत्रमा पार्टी संगठन भत्ताभुङ अवस्थामा भएपनि उनको ध्यान भने संगठन सपार्न कहिल्यै गएन । तर, पछिल्लो समय डा. महतो पूर्ण रुपमा क्षेत्रमा सक्रिय भए । उनले निरन्तर रुपमा संगठनलाई ठिकठाक पार्न खटेका थिए । तत्कालै सम्बोधन गर्न सकिने जनताका मुद्दा निजी लगानीमै भएपनि उनले सम्बोधन गर्ने प्रयास गर्दै आएका थिए । जसकारण उनीप्रति जनताको झुकाब बढेको छ ।
यही कारण भन्नुपर्छ – पार्टी नेतृत्वले पनि राजकिशोरलाई अन्यत्र पठाएर भएपनि डा. महतोलाई टिकट दिन बाध्य भयो । चुनाव पनि सहजै जित्ने डा. महतोको दाबी छ । उनी दलबलसहित मनोनयन दर्ता गराउन जाँदैछन् । वहाँले गठवन्धनका सम्पुर्ण जनतालाइ आउन आग्रह गर्नुभएको छ ।
+ There are no comments
Add yours