सिरहा क्षेत्र नं. ४ मा बलियो बन्दै डा. महतो

Spread the love

विकास पुरुषका रुपमा परिचित डा. विरेन्द्र महतोको घरदैलो अभियान यस्तो छ
प्रेमशिला यादव
कर्जन्हा मिर्चैया कार्तिक १९
जनता समाजवादी पार्टि (जसपा) नेपालका नेता एवम् प्रतिनिधि सभा पदका प्रत्याशी डा विरेन्द्र प्रसाद महतो यतिवेला घरदैलो गरिरहेका छन् । उनी क्षेत्रका विभिन्न गाउँ टोल र डगरमा पुगी जनतासँग अन्र्तसंवाद गर्दै मत मागिरहेका छन् ।
सिरहा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. महतो विकाश पुरुषको रुपमा समेत चर्चामा छन् । नेकपा एमालेसँग चुनावी तालमेल गरेका जसपा नेपालका वहुसंख्यक उम्मेदवार निर्वाचित भएपछि सिरहा क्षेत्र नं. ४ मा विकाशको मुल तिव्ररुपमा फुट्ने युवा तथा आम जनसमुदायले लिएको छन् ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरममा स्थापनाकाल पश्चात मधेश जनविद्रोहदेखी संलग्न रहँदै आएका डा. महतो पार्टीमा शीर्ष नेर्तत्वमा रहँदै आएका छन् । विगतका चुनावहरुमा पार्टिको निर्णयलाई शिरोधार गर्दै दुईवटा निर्वाचनमा उम्मेदवार वन्न पाएका थिएनन् यसपटक जनताहरुको व्यापक दवावकाविच पार्टिले टिकट दिएर सिरहा क्षेत्र नं. ४मा पठाएकोले जितपनि निश्चितनै रहेको देखिन्छ ।
डा. महतो समानुपातिक वाट २०७० सालमा संविधान सभा सदस्य वन्नु भएको थियो उहाँको संविधान वनाउने कार्यमा प्रत्यक्ष संलग्न रहनु भएकोथियो । जस्तो सुकै अवस्थामापनि पार्टिभित्र पकड र पहुँच भने कायमराख्न सफल हुनुभयो । उनी जनता सँग मिल्नेभिज्ने र आफ्नो प्रस्ट राजनितिक दृष्टिकोण तथा प्रभावकारी कार्यनीति कार्यान्वयन गर्ने शैलीका कारण लोकप्रिय छन् । यस क्षेत्रका जनताले जस्तोसुकै प्रचिस्पर्धामा उनैलाई मत दिनेछन्् स्थानीय सञ्चारकर्मि श्याम ठाकुरले भने ।
ठाकुरका अनुसार सिरहा क्षेत्र नं. ४ मा जसपा नेपालको मताधार बलियो छ । नेकपा एमालेको मत जोडिएपछि झन जित सुनिश्चित देखिन्छ । नेता डा. महतो सत्तामा रहँदा पनि क्षेत्रवाट निकट नै रहन रुचाउने गरेकोले अहिलेका घरदैलो सामान्य औपचारिकता मात्र रहेको स्थानीय बासीहरुको भनाइ छ ।
एक स्थानीय बासिन्दाले संविधान सभा सदस्य रहँदा पनि अथवा अन्य अवस्थामा पनि फुर्सदको समयमा कर्जन्हा नगरपालीका स्थित घरमा बस्न मनपराउने र बिहान वेलुकै जनतासँग कुराकानी गरिरहेकाले अन्य उम्मेदवारजस्तो चुनावको मुखमा मत माग्नुपर्ने अवस्था नरहेको वताए । यस क्षेमा विभिन्न स्वास्थ्य संस्था, विद्यालयहरुको स्तरोन्नतीका लागी पुर्वाधार निर्माणलगायत अन्य स्रोत व्यवस्थापन, स्वास्थ्य संस्थाहरुको पूर्णकालीन सञ्चालन आदी निर्माण कार्य गरेकाले डा. महतोलाई जित निकाल्न सकस नरहेको पनि मतदाताहरुको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours