फरिच्छ नेपाल, सिरहा
प्रेमशिला यादव, २०७९ माघ ४, बुधबार
नरहा गाउँपालीकामा चोहर्वा क्रिकेट टिमद्वारा संचालित मेयरकप नेपालिहरु महान चाडपर्व माघे संक्रातिको उपलक्षयमा चोहर्वा क्रिकेट टिमद्वारा भएको छ।
नरहा गाउँपालीकाको चोहर्वाको नयाँचौक खेलमैदानमा गाउँपालिकाको आयोजनामा प्रतियोगित हुन लागेको हो। ‘
जिल्ला स्तरिय मेयरकप क्रिकेट प्रतियोगितामा १६ ओटा टिमहरु सहभागि हुने चोहर्वा क्रिकेट टिमका अध्यछ सशी गुप्ताले जानकारी दिए । खेलमा प्रथम हुने टिमलाई ४० हजार १ सय ५ रुपैया नगद र दोस्रो हुने टिमलाइ २० हजार १ सय ५ पाच रुपैया नगद सहित ट्रफी बितरण गरिने टिमका अध्यछ गुप्ताले जनाए।
खेलकोे उदघाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद यादवले व्याटिङ्गगर्नु भएको थियो त्यसैगरी कार्यक्रममा ,विशिष्ट अतिथि जसपा केन्द्रीय परिसद सदस्य विजय कुमार यादव र उपमेयर गुलाव चौधरी , जसपा गापा अध्यक्ष बद्री यादव ,वाडा अध्यक्ष मो० रुस्तम अनसारि राईन ज्यु र अतिथि लक्ष्मण यादव नेपालि कांग्रेसको युवा नेता , द्वारा भव्यताको साथ उदघाटन समपन्न भयो ।
प्रत्यक खेलमा म्यान अफ द म्याचको ब्यबस्था रहेको छ । खेलको पहिलो दिन सिरहाको धन्गडिमाइ र चारनाथ ९धनुषा०बीच प्रतिस्पर्धा भईरहेको छ । खेलमा एलवीडव्लु बाहेक आइसिसिका सबै नियम लागू हुने सचिब यादबले जनाएको छ।
+ There are no comments
Add yours