मिर्चैयामा श्रीमद् भागवत महापुराण विवेचन कार्यक्रम

Spread the love

सिरहा
मिर्चैया नगरापालीका ५ गुदरी वजार स्थित शिव, हनुमान मन्दिरमा स्थानीय युवा क्लव महाविर युवा कमिमिटिले शिवरात्रीको अवसर पारेर माघ २७ गते देखि फागुन ४ गतेसम्म सप्ताह व्यापि श्रीमद् भागवत महापुराण विवेचन कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष वजरंगी साहले वताउनु भयो ।
विगत लामोसमय देखि जिर्ण रहेको शिव, हनुमान मन्दिर विगतका संसदिय कोषहरु वाट केहि जिर्णोद्धार भएपनि पुर्ण हुन नसक्दा वजारको स्वरुप नै कुरुप वनेको गुदरी वजार अहिले मन्दिरको जिर्णेद्धार पश्चात वजारको मुहार फेरिएको स्थानीयहरु वताउँछन् । यसले वजारको व्यपारमा समेत टेवा पुग्ने अनुमान गरिएको छ ।
विगत लामो समय देखि अधुरो मन्दिर स्थानीय महाविर युवा कमिटि र स्थानीयहरुको सल्लाह अनुसार चन्दा संकलन गरि जिर्णोद्धार गरिएको र सो अवसरमा भागवत महापुराण आयोजना गरि मन्दिरको विधिवत पुजा अर्चनागर्ने आयोजकहरुको कार्यक्रम रहेको कल्वका कोषाध्यक्ष सतोष साहले जानकारि दिदै सम्पुर्ण भक्तजनहरुलाई कार्यक्रमहरुमा आइदिन आग्रह गर्नु भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours