जनकपुर
जनता समाजवादी पार्टिको भातृ संगठन प्रेस मञ्च नेपालको मधेश प्रदेश समिति संयोजकमा फरिच्छ नेपालका अनलाइनका प्रकाशक अभरेन्द्र कुमार यादव (सिरहा)सर्व सहमतिले चयन हुनु भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथी जसपा मधेश प्रदेश अध्यक्ष रामवावु कुमार यादव, विशिष्ट अतिथी प्रदेश मुख्य सचिव दिनेश यादव, प्रेस मञ्च नेपालका संघिय पदाधिकारि राजेश कर्ण, आतिश मिश्रा, प्रेमचन्द्र झा, मनोज यादव, मिडिया प्रात्रिकरण अध्यक्ष श्याम सुन्दर यादव लगायत अन्य प्रेस मञ्च नेपाल आवद्ध पदाधिकारिहरु रहनुभएको थियो ।
प्रमुख अतिथि यादवले कार्यक्रममा प्रेस मञ्च नेपालले विगतमानिर्वाह गरेका काम कर्तव्य र भविष्यमा गर्नुपर्ने कार्यहरुको वारेमा निर्देशन दिदै नव गठित समितिलाई सफल कार्यकालको शुभकामना दिनु भयो । त्यसैगरी विशिष्ट अतिथीले नवगठित समितिलाई प्रेस मञ्च नेपालको मधेश प्रदेश अधिवेशनको वारेमा निर्देशन दिनुभयो ।
कार्यक्रममा पुर्व अध्यक्ष श्याम सुन्दर यादवले वैठकको औचित्यमाथि प्रकास पार्नुभएको थियो भने प्रेस मञ्च नेपाल संघिय उपाध्यक्ष मनोजयादवले सांगठनीक स्वरुपकोवारेमा चर्चागरि कार्यक्रमको सुरुवात गर्नुभयो । कार्यक्रममा प्रेस मञ्च नेपालका माला रायले स्वागत मन्तव्य राख्नु भएको थियोे ।
नवगठित समितिमा प्रेस मञ्च, नेपाल मधेश प्रदेशमा अभरेन्द्र कुमार यादव संयोजक, रामह्रदय यादव सहसंयोजक, बन्दना झा महासचिव तथा माला राय कोषाध्यक्ष लगायत २१ सदस्यि समिति गठन भएकोछ । कार्यक्रम संचालन स्मृति मिश्राले गर्नुभएको थियो ।

+ There are no comments
Add yours