प्रेस मञ्च नेपाल सर्लाही जिल्ला अधिवेशन सम्पन्न

Spread the love

प्रेस मञ्च नेपाल सर्लाही जिल्ला अधिवेशनले पुनः अनवर अहमदलाई नै जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ ।
नवनिर्वाचित ९ सदस्यीय समितिको उपाध्यक्षमा रेखा यादव, सचिवमा कृष्णा सिंह र कोषाध्यक्षमा सदाम हुसैन चयन भएका छन् भने अन्य सदस्य छन् ।
जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा जसपा निकट नेता गण, प्रेस मञ्च नेपालका मधेस प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, महासचिव बन्दना झा, जसपा नेपाल नेता गणेश यादव, भूमि आयोगका बिज्ञ सदस्य रन्धिर यादव, नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सुनिल ठाकुर प्रेस सेन्टरका जिल्ला अध्यक्ष शंकर पहाडीलगायत सहभागी थिए ।


कार्यक्रममा बोल्दै जसपाका मधेस प्रदेश उपाध्यक्ष रामपृत पासवानले राज्यबाट पछाडि पारिएका समुदायको पहिचान तथा सशक्तीकरणमा जुट्न र संघीयताको मुद्दालाई संस्थागत गर्न पत्रकारहरूले निष्पक्ष भएर कलम चलाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जनता समाजवादी पार्टी सर्लाहीका जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जिल्लामा रहेका पत्रकारहरूसँग विभेद विरूद्धको लडाईमा सहकार्य गर्न आफुहरू तयार रहेको बताउदै पत्रकारहरूको वृत्ति बिकासमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रेस मञ्च नेपालका संघीय उपाध्यक्ष मनोज यादवले प्रेस मञ्च नेपालको स्थापना नै पहिचान र संघियताको मुद्दालाई मजबुतिका साथ उजागर गर्न भएको जिकिर गर्दै पहिचान र संघीयतालाई संस्थागत गर्न मिसनकै रूप आफूहरु अगाडि बढ्ने ।बताएका थिए ।

 

You May Also Like

More From Author

+ There are no comments

Add yours