सात दलीय नयाँ राजनीतिक मोर्चा घोषणा हुँदै

Spread the love

नयाँ राजनीतिक मोर्चा घोषणा हुँदै , उपलब्धि रक्षा र बाँकी अधिकार प्राप्तिलाई प्राथमिकता
काठमाडौं – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि विभिन्न पहिचानवादी तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूले नयाँ राजनीतिक मोर्चा (अग्रगामी मोर्चा) घोषणा गर्ने तयारी गरेका छन् ।

अग्रगामी मोर्चा श्रावण २३ गते शनिवार काठमाण्डौ वानेश्वर स्थित काण्ठमाण्डौ वैंक्वेट थापा गाउँमा घोषणा कार्यक्रम राखेको आयोजकले वताएका छन् ।
मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतीशिल लोकतानत्रीक पार्टी, नागरिक उनमुक्ति पार्टी, नेपाल संघिय समाजवादी पार्टी, वहुजन एकता पार्टी नेपालले सामुहिकरुपमा अग्रगामी मोर्चा घोषाणा गर्न लागेको हो । सहभागी दलहरूले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक उपलब्धिमाथि चुनौती बढ्दै गएको निष्कर्ष निकाल्दै त्यसको संरक्षण र अग्रगामी राजनीतिक निकासका लागि साझा पहल आवश्यक भएको बताएका छन् ।
मोर्चाको तयारी भइरहेका बेला सामाजिक सञ्जाल तथा विभिन्न राजनीतिक वृत्तमा यसको पक्ष–विपक्षमा टिप्पणीहरू सुरु भएका छन्। केहीले मोर्चालाई सकारात्मक पहलका रूपमा लिएका छन् भने केहीले मधेश केन्द्रित नेताहरूको उल्लेखनीय सहभागितालाई लिएर विभिन्न कोणबाट टिप्पणी गरिरहेका छन् । मोर्चामा आबद्ध पक्षहरूले भने यस्ता टिप्पणीले मूल उद्देश्य ओझेलमा पार्ने प्रयास भएको बताएका छन्।
मोर्चामा संलग्न नेताहरूका अनुसार वर्तमान दुईतिहाइ सरकार आर्थिक, सामाजिक तथा राजनीतिक चुनौती समाधान गर्न प्रभावकारी हुन नसकेको, महँगी, बेरोजगारी र युवाको विदेश पलायनजस्ता समस्या गम्भीर बन्दै गएकाले वैकल्पिक राजनीतिक धारको आवश्यकता महसुस गरिएको हो।
मोर्चाको मुख्य उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान, सामाजिक न्याय र संविधानले सुनिश्चित गरेका अधिकारहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि साझा संघर्ष गर्नु रहेको बताएका छन्।
राजनीतिक विश्लेषकहरूले भने नयाँ मोर्चाको प्रभाव, साझा एजेन्डा र आगामी रणनीतिले नेपालको भावी राजनीतिक दिशामा कस्तो असर पार्छ भन्ने विषय आगामी गतिविधिबाट स्पष्ट हुने बताएका छन्।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours