सिरहा , मिर्चैया
मिर्चैया नगररपालीका अन्र्तगत मिर्चैया रेडक्रस शाखाले अत्याधुनिक मेशीन जडीत एम्वुलेन्स सेवा सञ्चलनमा ल्याएको छ ।
मिर्चैया नगरपालीका वडा नं. ६ स्थित नेपाल रेडक्रस मिर्चैया शाखाको भवन उद्घाटन पश्चात सार्वजनीक सेवाको लागी एम्वुलेन्स सेवा सुचारु गरेको र उक्त एमवुलेन्समा नयाँ प्रविधि सहितको अत्याधुनिक मेशीनहरु जडान गरिएको रेडक्रस मिर्चैया शाखाका कोषाध्यक्ष रिसु ढुङ्गेलले वताउनु भयो ।
मिर्चैया नगरपालीकामा यस अगाडी मिर्चैया नगरपालीकाले सार्वजनीक सेवाको लागी एम्वुलेन्स सेवा सञ्चालन गर्दै आइरहेको थियो । उक्त एम्वुलेन्स सरकारी दररेटमा सञ्चालनमा रहेको मिर्चैया नगरपालीकाको एम्वुलेन्स चालक विपिन साहले जानकारि दिनु भयो ।
+ There are no comments
Add yours