सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. ४ जसपा नेपाल वाट डा. विरेन्द्र प्रसाद महतो प्रतिनिधी सभा निर्वाचित भई संघिय वन तथा वातावरण मन्त्रिको पदभार सम्हाल्दै पहिलो पटक गृह क्षेत्र भ्रमणमा आउनु भएको हो ।
वन मन्त्रि भएर पदभार सम्हालेपश्चात गृह क्षेत्रमा सानो समय तालीका अनुसार क्षेत्रका जनता कार्यकर्ता संग भाला कुसारी गर्ने कार्यक्रम रहेको र अहिले भेटघाट हुन नसके पुनः अर्को पटकको समय मिलाएर भेटघाटगर्ने मन्त्रि महतोले वताउनु भयो ।
गृह जिल्ला आउने क्रार्यक्रममा पहिलो दिन कर्जन्हा नगरपालीका स्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा रहेको फुलकुमारी महतोको सालिकमा फुलमाला चढाई निजी निवास कर्जन्हा नगरपालीका नगर समितिको कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ ।
त्यसै गरी मिर्चैया नगरपालीका र कर्जन्हा नगरपालीकामा मिती २०८० जेष्ठ १८ गते वृक्षा रोपन कार्यक्रम समेत तयगरिदै छ र क्षेत्र भरीका पलिका कल्याणपुर, नरहा, विष्णुपुर र मिर्चैया नपामा भेटघाट पश्चात पुनः संघिय राजधानी फर्किने कार्यक्रम रहेको स्वकिय सचिव अन्जनी राई ले वताउनु भयो ।

+ There are no comments
Add yours