जसपा वैठकमा मधेशलाई नजिस्काउन सरकारलाई ध्यानकर्षण : नेता यादव
फरिच्छ नेपाल
जनता समाजवादी पार्टि नेपाल सिरहा जिल्ला विस्तारित वैठक सिरहा जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा र जसपा राजनितिक समिति सदस्य अशेश्वर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि अशेश्वर यादवले विस्तारित वैठकवाटै सरकारलाई ध्यानाकर्षण गराउँदैै गौर घटनालाई हत्याकाण्डको संज्ञा दिने प्रयास गर्नु गलत नियत हो संघियता र प्राप्त उपलव्धी समाप्त पार्ने खेल नगर्न समेत चुनौति दिदै अन्यथा यसको परिणाम मधेशले पुनः त्यो भन्दा कडा रुपमा दिने भन्दै विगतको मधेश आन्दोलनहरु अस्मरण गर्न र मधेश र मधेशी लाई नजिस्काउन सरकारलई ध्यानाकर्षण गराउनु भयो ।
उक्त कार्यक्रममा विशिष्ठ अतिथी राम कुमार मण्डलले गौर घट्ना लाई हत्याकाण्ड वताउनु गैर राजनिति अभ्यास गर्न खोजेको र सरकार संग शहिद घोषण लगायत सरकारी सुविधा समेत प्राप्त गरिसकेको व्यक्तिहरुले कसरी यस किसिमको कार्यगर्न सक्छ यो मधेश माथिको नश्लीय प्रहारहो यसवाट मधेश सचेत र सजग रहनु पर्ने वताउनु भयो ।
उक्त कार्यक्रममा संगठनकै विषय वस्तु र वर्तमान राजनितिको वारेमा राजनीति समिति सदस्य सुरेश मण्डल, केन्द्रिय सदस्यहरु हरिनरायण कामती, राज कुमार गुप्ता लगायत सिरहा जिल्ला इन्चार्ज कौशलेन्द्र यादव सह इन्चार्ज विष्णु साहले समेत मन्तव्य राख्नु भएको थियो ।
त्यसै गरी आगामी दिनहरुमा संगठन लाई कसरी सुदृढि गर्दै जनता सम्म संगठनलाई वलीयो रुपमा लैजान निर्दैशन दिदै १७ वटै पालीकाको इन्चार्जहरुको लगायत सदस्यहरुको नामावली जिल्ला अध्यक्ष अशोक यादवले घोषण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
जनता समाजवादी पार्टि नेपालको मधेश प्रदेशले आट वटै जिल्लामा भाद्र १७ गते विस्तारित वैठक राख्न भनि निर्देशन अनुसार सिरहा जिल्लाको विस्तारित वैठक गोलवजार स्थित व्यपार संघको सभाहलमा सम्पन्न भएको कार्यक्रम संचालक जिल्ला सचिव विन्द मण्डल जानकारि दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ताले दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला भरिका १७ वटै पालीकाका केन्द्रिय नेता देखी वडा कार्य समिति अध्यक्ष तथा निर्वाचित पदाधिकारिहरुको उपस्तिथी रहेको जिल्ला कार्यकारिणि सदस्य प्रभात सिंहले जानकारि दिनुभयो ।