फरिच्छ नेपाल, सिरहा
विगत केहि समयदेखी मधेश प्रदेशमा पार्टि परिवर्तन गर्ने र पार्टि परिवर्तन गर्दा जनता समाजवादी पार्टिको नाम उल्लेख गर्दा अन्य पार्टिमा राम्रो पद पाउने लोभले नेताहरु पार्टि परिवर्तन गर्ने गरेका जसपाको भनेर उल्लेख गर्ने गरेको जसपा जिल्ला अध्यक्ष अशोक यादवले वताउनु भएको छ ।
यस्तै घटना मधेश प्रदेशवाट २०७९ को चुनावमा के पि ओलीको हातवाट टिका लगाई एमाले प्रवेश गरेका तर चुनावमा एमाले वाट टिकट न पाउँदा स्वतन्त्र भई चुनाव लडेका उदय यादवका समुह भर्खर जनमत पार्टि प्रवेश गरेका छन् ।
उक्त विषयमा जसपा सिरहा जिल्ला अध्यक्ष अशोक यादव संग वुझ्दा तिव्यक्तिहरु अन्यत्र पार्टिहरुवाट विभिन्न समयमा जसपा प्रवेश गरेका थिए तर आफु अनुकुलको वातावरण नहुँदा अन्यत्र पार्टि चहार्दै २०७९ चुनाव अघि अन्यत्र पार्टि प्रवेश गरीसकेकाहरु अहिले अन्य पार्टि प्रवेश गरेका छन् ।अन्य पार्टि प्रवेश गर्दा जसपा पार्टि त्याग गरेको भन्दा अलि वढि प्रभाव पार्ने भनेर पार्टि प्रवेश गराउने नेताले यस किसिमको भ्रामक समाचार लेखाएको जसपा जिल्ला अध्यक्ष अशोक यादवले वताउनु भयो । उक्त व्यत्तिहरु जसपाको नरहेको समेत प्रष्ट पार्नुभयो ।

+ There are no comments
Add yours