जनकपुरधाम, पुस ५ गते ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रशिक्षक प्रशिक्षणका प्रमुख प्रशिक्षक उपेन्द्र यादवले विभेदमा पारिएका सामुदायहरुलाई अधिकार सम्पन्न बनाउनका लागि पत्रकारहरुले निर्धकताका साथ कलम चलाउनु पर्ने आजको आवश्यकता रहेको कुरा बताउँनु भयो ।
प्रेस मंच नेपाल मधेश प्रदेशले आयोजन गरेको तिन दिवसयी संघीयता, समाजवाद, मधेश र पत्रकारिता विषय प्रशिक्षक प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक समेत रहेको बौद्धिक समाजवादी नेता राष्ट्रिय अध्यक्ष यादवले गणतन्त्रको संस्थागत र संघीयताको रक्षण गर्न चौथो अंग पत्रकारले अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
प्रेस मंच नेपाल मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा जसपा राजनीति समिति सदस्य पुर्व मंत्री शैलेन्द्र साह, प्रदेश सांसद रामअशिष यादव, आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, जसपा नेपालका नेता बलिराम महतो सहितका वक्ताहरूले पत्रकारहरुको भुमिका विषयमा विचार व्यक्त गरेका छन ।

+ There are no comments
Add yours