जसपा नेपाल द्धारा वजेट सच्याउन माग गर्दा प्रदेश सभा स्थगीत
जनकपुरधाम
मधेश प्रदेश सरकारले आगामी वर्ष २०८१/०८२ कोलागी ल्याएको बजेटमा । साइवर अपराधीहरुद्धारा गडवडी गरेकोले प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टि नेपालका संसद राजकुमार गुप्ताले वजेट नसच्याइकन कसरी वजेटमाथी छलफगर्ने भन्ने माग राख्दै वैठक स्थागीत गर्न आग्रह गर्नु भएको थियो ।
साइवर ह्याकरहरुले ल्याएको वजेटमाथी कसरी छलफल गर्ने भन्दै संसद गुप्ताको समर्थनमा प्रतिपक्षमा रहेका सम्पुर्ण संसदहरुले समर्थन जनाउँदै सभा वहिस्कार गरेका थिए ।
मधेश प्रदेश सभाका सभामुख रमचन्द्र मण्डलले उक्त ह्याकको विषयमा सहमती गरिसकेकोले पुनः छलफल गर्नु ठीक हुन्छ भन्ने प्रश्न गर्नु भएको थियो ।
उक्त प्रश्नको जवाफमा प्रतिपक्ष दलका संसदहरुले मुख्य मन्त्रि र अर्थ मन्त्रीले वजेट ह्याक भएको स्विकार गरिसकेको अवस्थामा छनबिन समिति गठन नभएसम्म प्रदेश सभाको कामकारबाही अगााडि नबढाउन माग राखे पछि सभामुख मण्डलले प्रदेश सभा वैठक १० मिनेटकालागी स्थगित गरेका थिए ।