मिर्चैयानपामा वडा स्तरीय सर्वदलीय सरसफाई समिति गठन

Spread the love

मिर्चैया
मिर्चैया नगरपालीका वडा नं. ६ वडा अध्यक्ष रामप्रकाश महासेठको अध्यक्षतामा सम्पन्न भएको वैठक वाट २१ सदस्य सर्वदलीय समिति गठन भएको छ ।
वडा अध्यक्ष राम प्रकाश महासेठले पटक पटक वडाको सुचना जारी गर्दा पनि सडक पेटिमा वजार लगाउने, गाई वस्तु वाँधने, गाडिहरु जथाभावी राख्ने, मल फोहरहरु लगायत सडक अवरुद्ध गर्ने कार्यलाई निरुत्साहित वनाई सफा र स्वच्छ वडा वनाउने उद्देश्यले समिति गठन गरेको वताउनु भयो ।
उक्त सरसफाई दिर्घकालाीन रुपमा राख्न समितिको निर्णय अनुसार रु.५०१ देखि रु.५००० सम्मको जरीवाना तोक्न सक्ने गरी निर्णय पासगरी कानुन वनाई अगाडी वढने अध्यक्ष महासेठले वताउनु भयो ।
विगत लामो समय देखिको छलफल पछि यस वडाको विभिन्न टोलवाट समेटी कडारुपमा कानुन वनाई लागु गर्ने उद्देश्यले सर्वदलीय वडा स्तरिय २१ सदस्य सरसफाई समिति गठन भएको जसपा नेपालका नेता अजय यादवले वताउनु भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours