सितल साह
सिरहाको लहान १५ वानोस्थित गोसाईँ डाँडा ताल झ्वाई खोल्सीमा आठौं माघि महोत्सव २०८१ भव्यताका साथ सम्पन्न भएको छ।
सिरहाको लहान–१५ वानोस्थित गोसाईँ डाँडा ताल झ्वाई खोल्सीमा आठौं माघि महोत्सव २०८१ भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता झ्वाई खोल्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले गर्नुभएको थियो।
झ्वाई खोल्सी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा र वानो फुटबल क्लबको संयोजकत्वमा सम्पन्न उक्त महोत्सवमा प्रमुख अतिथि ईलाका प्रशासन कार्यालय लहानका हाकिम गोकर्णराज विशिष्ट अतिथिहरुमा शसस्त्र बल लहान क्याम्पका ईन्सपेक्टर मेघराज राई, लहान वडा नं. १५ का अध्यक्ष तेजनारायण चौधरी, थारु कल्याणकारी संघका केन्द्रीय सदस्य बिरेन्द्र चौधरी, हातिदह सिमसार संरक्षण समिति अध्यक्ष रुद्रनारायण चौधरी, फुटबल कोच युवा आनन्द चौधरी, पत्रकार तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।
महोत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा थारु समुदायका परम्परागत लोक नृत्य , लोक नाचहरु थारु पहिरनमा सज्जिएरनै प्रदर्शन गरियो। थारु समुदायले विशेष रूपमा मनाउने यो पर्व मधेशका साथै देशभरका विभिन्न ठाउँमा धुमधामका साथ मनाउने चलन छ।
माघि पर्व थारु समुदायको नयाँ वर्षका रूपमा थारु संवत २६४८ को सुरुवातको रूपमा मनाइन्छ । यस पर्वमा विशेष रूपमा भुजाको लड्डु, चुराको लड्डु, तिलको लड्डु, दही, दूध, माछा, मासु जस्ता परम्परागत परिकार तयार गरी खाने प्रचलन रहेको छ। थारु समुदायका साथै मधेश, पहाड र हिमाली क्षेत्रका विभिन्न जाति–समुदायले पनि यो पर्व उल्लासपूर्वक मनाउने गरेको पाइन्छ।
यस महोत्सवले थारु समुदायको संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै पर्यटक आकर्षणका लागि योगदान पु¥याएको छ।
+ There are no comments
Add yours