मिर्चैया, ४ फागुन । सिरहामा जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानले तीव्रता पाएको छ ।
जनता समाजवादी पार्टीले थालेका सो अभियान सिरहा लगायत देशभरि नै चलिरहेको छ ।
आइतबार सिरहाको मिर्चैया नगरपालिका वडा नं. ४ मा वडा समिति पुनर्गठन गर्दै अभियान अघि बढाइएको छ ।
उत्तिम साहको अध्यक्षतामा पुनर्गठन गरिएको वडा समिति १७ सदस्यीय छन् ।
अभियानमा पार्टीका केन्द्रीय सदस्य चन्देश्वर पासमान, कार्यदल संयोजक बिष्णु साह, जिल्ला कार्यकारिणी सदस्य प्रभात सिंह, प्रेस मञ्च नेपाल मधेस प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, नगर अध्यक्ष धीरेन्द्र शाह, दिपनरायण यादव, अजय यादव, रादयाल यादव लगायत स्थानीय नेता÷ कर्याकर्ताहरु उपस्थित थिए ।
+ There are no comments
Add yours