संविधान संशोधन नगरिए मुलुक दुर्घटनामा जान्छ : उपेन्द्र यादव

Spread the love

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानले मुलुकलाई दुर्घटनातिर लाने निश्चित रहेको बताएका छन् ।

शनिबार पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘संविधान संशोधनको औचित्य’ सेसनमा संवाद गर्दै उनले संविधान संशोधन अपरिहार्य रहेको बताएका हुन् । हिजो विश्वकै उत्कृष्ट संविधान भनेर घोषणा गर्नेहरुले नै अहिले यस्तो निकृष्ट पनि संविधान हुन्छ र ? भन्ने प्रश्न गर्न थालेको उनको टिप्पणी छ ।

‘संघीय गणतन्त्र पनि छ, एकात्मक पनि छ । विविधता भएको ठाउँमा एकल जातीय प्रभुत्व पनि छ । संवैधानिक अंगहरु विकृतिमूलक छ । यस्तो बाटोमा मुलुक गयो भने दुर्घटना हुन्छ । दुर्घटनाभन्दा अगाडि नै यसलाई संशोधन, परिमार्जन गर्न, समयसापेक्ष बनाउन जरुरी छ । हिजो विश्वकै उत्कृष्ट संविधान भनेर घोषणा गरिएकै हो नि । अहिले जसले घोषणा गरे, उसैले यस्तो निकृष्ट पनि संविधान हुन्छ त भन्न थालिसके,’– उनले भने ।

वर्तमान संविधानमा जातीय र नश्लीय विभेद कायमै रहेको र शासकीय स्वरुप पूर्ण असफल रहेको उनले बताए । निर्वाचन प्रणाली पनि गलत रहेको र समावेशी प्रणालीलाई झनै विकृत बनाइएको उनले बताए । अहिले संविधानलाई देखाएर नेपालको राजनीतिमा तमासा भइरहेको उनको आरोप छ ।

‘यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई न संस्थागत गर्न सक्छ रु न स्वतन्त्र न्याय पालिका दिनसक्छ रु न आम जनताले चुनाव लड्ने वातावरण दिन सक्छ रु राजनीतिक स्थिरता, समृद्धि र सुशासन त सम्भव नै छैन । यो संविधानलाई संशोधन, पुनर्लेखन र परिमार्जन गर्नुस् र सच्याउनुस्,’– उनले भने ।

You May Also Like

More From Author