जनकपुरधाम, २१ फागुन । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको अभिव्यक्तिप्रति प्रेस मञ्च नेपालले खेद व्यक्त गरेको छ ।
मंगलबार मैथिली विकासको कोष जनकपुरधामको नवनिर्मित भवनमा आयोजित ललितकला प्रदर्शनी समारोहको उद्घाटन सत्रमा मन्त्री यादवले ‘योजना र विज्ञापन नदिए गलत लेखिदिने’ भन्ने आक्रोसपूर्ण अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिले सो समारोहमा निकै चर्चा पनि पाएको थियो ।
जनकपुरधाममा कार्यरत पत्रकार र सञ्चारमाध्यमलाई लक्षित गर्दै मन्त्री यादवले दिएको अभिव्यक्ति निरन्दरणी छ । मन्त्री पदमा रहेर अराजक र उत्तेजित अभिव्यक्ति प्रकट गर्नु कुण्ठित तथा दरिद्रत मानसिकता सिकार भएको प्रस्ट हुन्छ ।
प्रेस मञ्च नेपाल मधेस प्रदेशका उपाध्यक्ष रामहृदय यादवले जारी गरेको विज्ञप्तिमा राज्यको चौथो अङ्गको रुपमा स्थापित पत्रकार र पत्रकारिता पेशाप्रति दिएको अभिव्यक्तिले प्रेस स्वतन्त्रताको मानमर्दन गरेको जनाएको छ ।
सञ्चारजगत् लोकतन्त्रको अभिन्न अंग हो, जसले समाजमा पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्रवद्र्धन गर्न सहयोग गर्दछ । प्रेस स्वतन्त्रताको मर्मविपरीत कुनै पनि सार्वजनिक पदमा रहेर प्रेसमाथि दबाब सिर्जना गर्ने वा धम्की दिने कार्य निन्दनीय छ, उपाध्यक्ष यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उपाध्यक्ष यादवले भने, ‘प्रदेशको मन्त्री पदमा आसिन जिम्मेवार व्यक्तिले अस्वभाविक र उत्तेजित खालका तथा मानवीय मूल्यमान्यतामा खलल पुर्याउने अभिव्यक्तिले मर्यादित, जिम्मेवार र लोकतान्त्रिक मूल्यमान्यताको अभ्यास विपरीत कार्य हो ।’
यद्यपि, कुनै पत्रकारले मन्त्रीसँग त्यसप्रकारको व्यवहार देखाएको हो भने त्यसको पनि छानवीन होओस् र मन्त्रीले आफूले दिएको अभिव्यक्तिले सञ्चारकर्मी र सो क्षेत्रमा परेको असरको जिम्मेवारी लिनु आवश्यक छ ।
स्वतन्त्र पत्रकारिताको सम्मान र रक्षाका लागि सबै वर्ग र क्षेत्रका आवश्यकता उत्तिकै रहेको छ ।
+ There are no comments
Add yours