धारापानी, २३ फागुन । धनुषाको ‘धारापानी बचत तथा ऋण समूह’ ले पहिलो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
धारापानीमा शुक्रबार ‘आजको बचत भोलि समृद्धिको आधार’ नारा दिएर एक कार्यक्रमको आयोजना गरी बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
समूहको संस्थापक शेयर सदस्य रामपुकार यादवको अध्यक्षतामा गरिएको कार्यक्रममा शेयर सदस्य रामहृदय यादव, नम्रता तामांग, पिंकी यादव, दीपेश सिंह, सानु मुक्तान, मोहन यादव उपस्थित थिए ।
त्यस्तै, संस्थापक वरिष्ठ शेयर सदस्य मकरबहादुर राना मगर शारीरिक अस्वस्थताका कारण अनुपस्थित थिए भने संस्थापक शेयर सदस्य ताराकुमारी दाहाल काम विशेषले बाहिर गएका कारण उपस्थित हुन सकेन ।
त्यस्तै, साधारण सदस्यद्वय राधिका कुमारी थोकर र अर्चना यादव छन् । बचतकर्ताहरु अभ्युदय यादव (श्यामल), अन्तरा यादव, अन्वेश यादव, सम्राट राना र समृद्धि राना छन् ।
साधाराणसभा कार्यक्रममा ५ जना बचतकर्ताहरु थपिएका छन् । प्रतिमा यादव, रेणु लामा, देवी कुमारी वि.क, सन्ध्या यादव र शुभम यादव छन् ।
साधारणसभाबाट बचत रकममा ९ प्रतिशत ब्याज दिने र ऋण (कर्जा) रकममा १२ प्रतिशत ब्याज असुल गर्ने निर्णय गरिएको छ ।
यसअघि २०८० साल फागुन देखि २०८१ साल माघ सम्म (१२ महिना) भित्रका संस्थापक वा थपिएका शेयर सदस्य र साधारण सदस्यहरुले एक हजार तिरेर आजीवन सदस्य बनिसकेका छन् ।
सो अवधिका बचतकर्ताको हकमा भने आउँदो चैत महिनाको बैठकमा सदस्यता बापत्को एक हजार तिरी गतवर्षको एकमुष्ठ साँवाको आधारमा शेयर सदस्य बनाउने निर्णय गरिएको छ ।
त्यस्तै फागुन २३ गते थपिएका सदस्यहरुलाई पनि एक हजार तिरेर शेयर सदस्य हुन बाटो खुल्ला गरिएको छ ।
यस संस्थाले साविकको ९ जना तथा २ जना साधारण सदस्य र गतवर्षका ७ जना बचतकर्ता र २३ गते थपिने ५ जना बचतकर्ता गरी जम्मा २१ लाई नै बचत रकमको आधारमा चैत महिनाबाट शेयर सदस्य घोषणा गरिने छ ।
यसवर्ष २०८१ साल फागुन देखि २०८२ साल माघ सम्म (१२ महिना) साविकका संस्थापक शेयर सदस्य ९ जना र साधारण सदस्यबाट शेयर सदस्य बन्ने २ जनालाई मूल शेयर सदस्य बनाइने छ ।
यस वर्ष समूहको जम्मा बचत र ऋण लगानी साढे १० लाख पुगेको छ ।
त्यस्तै गतवर्षका ७ र यसवर्षका ५ गरी १२ जनालाई दोस्रो साधारणसभापछि मात्रै मूल शेयर सदस्य घोषण गरिने प्रावधान छ ।
हाललाई यस संस्थाका मूल र साधारण शेयरधनी हुनेको संख्या २१ पुगेका छन् ।
संस्थाका शेयरधनी र बचतकर्ताहरु
१. रामपुकार यादव – शेयर सदस्य
२. मकरबहादुर राना मगर – शेयर सदस्य
३. ताराकुमारी दाहाल – शेयर सदस्य
४. रामहृदय यादव – शेयर सदस्य
५. नम्रता तामांग – शेयर सदस्य
६. पिंकी यादव – शेयर सदस्य
७. मोहन यादव – शेयर सदस्य
८. दीपेश सिंह – शेयर सदस्य
९. सानु मुक्तान – शेयर सदस्य
१०. राधिका कुमारी थोकर – शेयर सदस्य (साधारण)
११. अर्चना कुमारी यादव – शेयर सदस्य (साधारण)
१२. अभ्युदय यादव – शेयर सदस्य (साधारण)
१३. अन्तरा यादव – शेयर सदस्य (साधारण)
१४. अन्वेश यादव – शेयर सदस्य (साधारण)
१५. सम्राट राना मगर – शेयर सदस्य (साधारण)
१६. समृद्धि राना मगर – शेयर सदस्य (साधारण)
१७. प्रतिमा यादव – बचतकर्ता
१८. रेणु लामा – बचतकर्ता
१९. सन्ध्या यादव – बचतकर्ता
२०. शुभम यादव – बचतकर्ता
२१. देवी कुमारी वि.क – बचतकर्ता
आगामी बैठकबाट बचतकर्ता र शेयर सदस्य गरी कम्ती ५ जना थप गरिने बताइएको छ । चालु वर्षको १२ महिनामा कम्तीमा ३० जना शेयर सदस्य बनाउने यस संस्थाको उद्देश्य रहेको छ ।
+ There are no comments
Add yours