प्रेस मञ्च नेपालको पर्सा अध्यक्षमा रामजी यादव

Spread the love

वीरगञ्ज, १७ चैत । प्रेस मञ्च नेपाल पर्सा जिल्लाको दोस्रो जिल्ला अधिवेशन वीरगञ्जमा सम्पन्न भएको छ ।

शनिबार मञ्चको केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमितिका सदस्य त्रिलोकीनाथ यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

रामजी यादवको नेतृत्वमा चयन गरिएको समितिको उपाध्यक्षमा संदीप उपाध्याय र महिला उपाध्यक्षमा रिना यादवलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सचिवमा चन्द्रशेखर प्रजापति छन् भने सह–सचिवमा राजकिशोर भगत र सुनिता पटवा चयन भएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी सितल कुमारी शर्मालाई दिइएको छ ।

मञ्चका सदस्यहरुमा मृत्युन्जय साह, दिनेश कुमार यादव, प्रभा कुमारी यादव, शारदा देवी यादव, श्रीनिवाश साह सोनार, परशुराम पटेल, जयराम गुप्ता र रामनरेश साह चयन भएका छन् ।

जसपा नेपालका केन्द्रीय उपमहासचिव तथा मधेस पूर्वमुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्य र मञ्चका केन्द्रीय कार्यबाहक अध्यक्ष मनोज यादवको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, पुर्व संविधान सभा सदस्य आत्माराम प्रसाद साह, प्रेस मञ्च नेपाल मधेस प्रदेशका अध्यक्ष अभरेन्द्रकुमार यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बंजारा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खन, ट्रेड यूनियन मधेश प्रदेश अध्यक्ष गोपी यादव लगायतको सहभागीता रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours