रामगोपालपुर, १७ चैत । जनता समाजवादी पार्टी नेपालले महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।
पूर्व गाउँपालिका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा तथा पूर्वमन्त्री डा. सुरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो ।
शनिबार गाउँपालिकाको वडा नं. १ मा भएको अधिवेशनले अशोककुमार यादव अध्यक्ष बनाएको छ । यादवको नेतृत्वमा गाउँपालिकाले २९ सदस्यीय नयाँ समिति पाएको छ ।
समितिको उपाध्यक्षमा राकेशकुमार यादव, महिला उपाध्यायमा सीता देवी साह, सचिवमा महेश प्रसाद यादव, सहसचिवमा गन्धिर कुमार यादव, उपसचिव (महिला) मिणा देवि पटेल र कोषाध्यक्षमा रामज्ञान यादव रहेका छन् ।
अधिवेशनमा बोल्दै पूर्व मन्त्री यादवले संगठन निर्माणमा सबै तहका नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले सम्पूर्ण सदस्यहरूलाई सक्रिय भएर लाग्न आह्वान समेत गरे ।
सोनमा गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष राज कुमार यादवले अधिवेशनको वर्तमान अवस्थालाई सकारात्मक ठहर गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए ।
अधिवेशनमा जनता समाजवादी पार्टीका महोत्तरी जिल्ला अध्यक्ष राम प्रगास यादव, पूर्व जिल्ला अध्यक्ष राम नरेश यादव लगायत हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
+ There are no comments
Add yours