एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश

Spread the love

सर्लाही/जनकपुरधाम । विभिन्न राजनीतिक दल परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१ भोकटेनी निवासी बिनोद यादव जसपा नेपालमा प्रवेश गरेका हुन्। यादवलाई जसपा नेपालका जिल्ला अध्यक्ष रणधिर यादवले औपचारिक रूपमा पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बिनोद यादव यसअघि किसान महासंघका केन्द्रीय महासचिव समेत रहिसकेका अनुभवी नेता हुन्। पार्टी प्रवेशपछि बोल्दै उनले नेकपा एमालेले मधेश विरोधी गतिविधि गर्दै आएको आरोप लगाए। मधेशको हकहित, अधिकार र किसानका मुद्दालाई प्रभावकारी रूपमा उठाउँदै आएको मधेश केन्द्रित दल जसपा नेपालमा पुनः आफू आबद्ध भएको यादवले बताए।
यसैगरी, जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य राम विश्वास रायले पनि जनमत पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्। रायलाई समेत जसपा नेपालका जिल्ला अध्यक्ष रणधिर यादवले पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका हुन्।
राम विश्वास रायले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवारी दिँदै करिब ४२ सय मत प्राप्त गरेका थिए। मधेशकेन्द्रित मुद्दा, समावेशिता र सामाजिक न्यायको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक मंच भएको भन्दै आफूले पार्टी परिवर्तन गरेको रायले बताए।
जसपा नेपालले यी दुवै नेताको पार्टी प्रवेशसँगै संगठन थप सुदृढ हुने र किसान तथा मधेशी मुद्दामा पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेको छ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours