त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु

Spread the love

काठमाडौं, त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार नेपालीको शरीरको करिब ६५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएको थियो। उनलाई वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि अस्पतालका चिकित्सकहरूले पनि उनको अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप बिग्रन सक्ने बताएका थिए।

नेपालीको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सकीय टोली परिचालन गरेको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू सहभागी थिए।

आत्मदाह प्रयासको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

साभारः डेटु डे खवर

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours