जनकपुरधाम, असोज १७ – जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिको पुर्ण बैठक जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा सम्पन्न भएको छ। प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश समितिका पदाधिकारी, कार्यकारिणी सदस्य तथा प्रदेश समिति सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकको सुरुवात ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण तथा मधेश प्रदेश समिति सदस्यशपथ ग्रहण कार्यक्रमबाट गरिएको थियो। त्यसपछि पार्टीको संगठनात्मक अवस्था, कार्यालय सञ्चालन तथा व्यवस्थापन, सचिवालय गठन र विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँडसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो।
बैठकमा मधेश प्रदेश संसदीय बोर्ड गठन तथा प्रदेशका १३६ वटै स्थानीय तहमा प्रभारी तोक्नेसम्बन्धी विषय पनि छलफलका लागि प्रस्तुत गरिएको थियो।
त्यसैगरी बारा जिल्लाको फेटा गाउँपालिकामा भएको गोलीकाण्ड र पत्रकारमाथिको दमनसम्बन्धी विषयले पनि बैठकमा स्थान पाएको थियो। सहभागीहरूले संघीय सरकारको कार्यशैली, लोकतान्त्रिक अधिकारमाथिको प्रश्न तथा संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षाका विषयमा छलफल गर्दै । बैठकले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउँदै जनतामाझ जसपा नेपालप्रति फैलिएका भ्रम चिर्ने, पार्टीको नीति, विचार र एजेन्डालाई जनस्तरसम्म पुर्यासउने विषयलाई प्राथमिकतामा राखेको छ।
प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार, जिम्मेवारी बाँडफाँड र आगामी राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउने विषयमा छलफल गरेकोर कार्यक्रम संचालन तथा व्यवस्थापनमा मधेश प्रदेश मुख्य सचिव दिनेश प्रसाद यादवले गर्नु भएको मधेश प्रदेश सदस्य अभरेन्द्र कुमार यादवले जानकारि दिनुभयो ।


+ There are no comments
Add yours