विद्यार्थीलाई ज्योमेट्री बक्स र विद्यालय झोला वितरण

Spread the love

समाचारदाता : प्रणव कर्ण
मिर्चैया (सिरहा), असार २४, २०८३

मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय, जनकपुरधामको सहयोगमा मिर्चैया नगरपालिका–५ स्थित श्री मोहन माध्यमिक विद्यालयका कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूलाई बुधबार ज्योमेट्री बक्स तथा विद्यालय झोला वितरण गरिएको छ।

विद्यालयका प्रधानाध्यापक अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव प्रमुख अतिथि तथा वडा नं. ५ का वडा अध्यक्ष प्रदिप साह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।

शैक्षिक सामग्रीको अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराई पठनपाठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वितरण कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

कार्यक्रमका वक्ताहरूले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने यस्ता कार्यक्रमले सिकाइप्रति उत्साह बढाउनुका साथै गुणस्तरीय शिक्षाको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। निर्धारित कार्यक्रमअनुसार विद्यार्थीहरूलाई ज्योमेट्री बक्स र विद्यालय झोला हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours