सम्माननीय उपराष्ट्रपति यादव र कतारका अमिरबीच दोहामा उच्चस्तरीय शिष्टाचार भेट

Spread the love

कतारका पूर्वअमिर महामहिम शेख हमाद बिन खलिफा अल थानी को असामयिक निधनप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट गहिरो शोक र हार्दिक समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार भ्रमणमा रहनुभएको हो।

भेटका क्रममा उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो। साथै उहाँले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल का तर्फबाट प्रेषित शोक तथा समवेदनापत्र कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीलाई हस्तान्तरण गर्नुभयो।

उपराष्ट्रपतिको सचिवालयका अनुसार उक्त भेटवार्तामा नेपाली भ्रमण दलका सदस्यहरू तथा कतार सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours