बालकिशोर यादवको अध्यक्षतामा जसपा नेपालको १५५ सदस्यीय मधेश प्रदेश समिति गठन

Spread the love

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीचको पार्टी एकीकरणपछि बालकिशोर यादवको अध्यक्षतामा १५५ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको छ।

जसपा नेपाल केन्द्रीय कार्यालयले सार्वजनिक गरेको पदाधिकारी तथा सदस्यहरूको नामावलीअनुसार रौतहटका बालकिशोर यादव प्रदेश समितिको अध्यक्ष बनेका छन्। समितिमा ज्ञानेन्द्र कुमार यादव, रामपृत पासवान, सिंहासन साह कलवार, रामज्ञान मण्डल, श्रीराम गिरी, सुशील कुमार यादव र ओमलाल पटेल उपाध्यक्ष चयन भएका छन्।

त्यस्तै, सप्तरीका दिनेश कुमार यादव र महोत्तरीका हरि मण्डल मुख्य सचिव बनेका छन्। राजकुमार यादव, अरुण पाठक, सन्त यादव, युसुफ अली, सोहेन्द्र यादव, पुनीत राम र मिथिलेश यादव सचिवको जिम्मेवारीमा छन्। समसुद्दिन राइन कोषाध्यक्ष चयन भएका छन्।

समितिमा मधेश प्रदेशका आठवटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी कार्यकारिणी समिति सदस्य तथा सदस्यहरू समावेश गरिएको छ। पार्टी एकीकरणपछि गठित नयाँ समितिले प्रदेशमा संगठन विस्तार र पार्टीका राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

मधेश प्रदेश समिति गठन ।

 

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours