नेपाली कांग्रेस मिर्चैयाको शुभकामना कार्यक्रम सम्पन्न

Spread the love

मिर्चैया । नेपाली कांग्रेस मिर्चैयाको नयाँ नगर कार्यसमितिद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ।

नगर सभापति सञ्जीव यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति दीपेन्द्र कुमार यादव (धनेश्वर), प्रदेश सभापति रमेश प्रसाद न्यौपानेसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले पर्वको शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव, एकता र भाइचारा मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours