ललितपुर, पिके कर्ण। जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा जारी छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा भइरहेको बैठकमा राजनीतिक प्रस्तावसहित विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ।
कार्यकारिणी समितिले छलफल गरी पारित गर्ने प्रस्तावहरूलाई आगामी असोज २१, २२ र २३ गते हुने केन्द्रीय समितिको बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने जनाइएको छ।
बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक विषयसहित समसामयिक विषयमा समेत छलफल भइरहेको छ।



+ There are no comments
Add yours