विराटनगर । कोबास कलेज होटल व्यवस्थापन संकायले दशैं, तिहार र छठ पर्वलाई केन्द्रमा राखेर आयोजना गरेको ‘थिमेटिक दशैं, तिहार तथा छठ प्राक्टिकल’ कार्यक्रम सम्पन्न भएको छ।
चाडपर्वका मौलिक संस्कृति, परम्परा र खानाका परिकारलाई विद्यार्थीको व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल व्यवस्थापन संकायका संयोजक निकेश दुलालले जनाएको छ।
कार्यक्रममा होटल व्यवस्थापन संकायका विद्यार्थीहरू विभिन्न समुदायका परम्परागत भेषभूषामा सहभागी हुँदै दशैंसँग सम्बन्धित विभिन्न परिकार आफैं तयार गरेका थिए। उनीहरूले चाडपर्वका सांस्कृतिक अभ्यास तथा परम्पराबारे प्रत्यक्ष जानकारी लिने अवसरसमेत पाए।
कलेजकी प्रिन्सिपल प्रिया शारडाले विद्यार्थीलाई टीका लगाएर आशीर्वाद दिएकी थिइन्। कार्यक्रममा कलेजका कोअर्डिनेटर निकेश दुलालले चाडपर्वसम्बन्धी गतिविधिलाई कक्षाकोठाको सिकाइसँग जोडेर विद्यार्थीलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
दशैं, तिहार र छठ नेपालको विविध सांस्कृतिक पहिचानसँग जोडिएका पर्व भएकाले विद्यार्थीलाई विभिन्न समुदायका संस्कृति, परम्परा र मौलिक अभ्याससँग परिचित गराउने उद्देश्यले कार्यक्रम गरिएको कलेजले जनाएको छ।


+ There are no comments
Add yours