रामनारायण ठाकुर
सिरहा, मिर्चैया,
बालिकालाई जर्बजस्ती करणी गरी आत्महत्या गर्न वाध्य वनाउने युवकलाई पक्राउ गर्न स्थानीयहरुले माँग गरेका छन्। सिरहाको मिर्चैया नगरपालिका १ मल्हनियाँका १४ बर्षीया बालिकालाई जर्बजस्ती करणी गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयले गाउँकै दुई युवकलाई कार्वाही गर्न माग गरेका हुन् ।
गत सोमबार राती करिव १ बजे घरपछाडी टर्च लाईट बलेको देखेपछि स्थानीय युवाहरु भेला भएर टर्च बलेको क्षेत्रमा पुग्दा गाउँकै बालि हेरचाह गर्न बनाएको घरमा करिव २० बर्षीय विमलेश महरा, २४ बर्षीय शतिस साफि र बालिका फेला परेको गाउँलेहरुले बताएका छन्। अघिल्लो दिन गाउँकै रामभगत सदायको मोवाईल चोरी भएकाले चोरहरु फेरी आएको होला भन्दै गाउँले युवाहरु भेला भएर त्यहाँ पुग्दा विमलेश र बालिका घरको टाँड (मचान) र शतिस भुईमा केराको पात ओछ्याएर सुतिरहेको अवस्थामा फेला पारेको स्थानीयहरुको भनाई छ । विमलेश हामीलाई देखेर भागेपनि शतिसलाई भने समाएर गाउँमा ल्याएपनि उनको बुवाले विहान पञ्चायतमा ल्याउने सर्तमा उनका बुवा विन्दे साफीले लिएर गएको बालिकाका दाजु जगनारायण सदायले जानकरी दिनुभयो। शतिसले विवाह गर्ने प्रलोभन देखाउँदै उनलाई घरबाट बोलाएर लगेको मृतक बालिकाले आफन्तसँग वयान दिएको बताएको छ। मृतकको बुवा रोजगारीको लागि कततारमा रहेको र उनी आमा, दाई, बहिनी र भाईहरुसँगै घरमा बस्दै आएको आफन्तहरुले वताए।
राती शतिस र बालिका दुवैलाई हप्किदप्की गरेर घरपठाएको गाउँलेहरु बताउँछन् । विहान छलफलमा बस्न गाउँलेहरु भेला हुँदै गर्दा आँगनमा देखीएका बालिका केहीवेरवेरमै घरमै पासो लागेको अवस्थामा फेला परेको गाउँलेहरुको भनाई छ। गाउँलेले थाहापाउना साथ प्रहरीलाई खवर गरेपनि दोषीहरुलाई पक्राउ नगरेसम्म शव उठाउन दिएका थिएनन् । प्रहरीले उनीहरुलाई जसरी भएपनि पक्राउ गर्ने र कार्वाही गर्ने भनेपछिमात्र करिव १२ बजे शव घरबाट पोष्टमार्टमाका लागि लान दिएका थिए ।
सोही क्रममा आक्रोसित स्थानीयले पूर्वपश्चिम राजमाग केही बेर अवरुद्ध गरेका थिए। यसैबीच परिवारले आजै इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएको बताएको छ । व्यवस्था परिवर्तन भएपनि सत्ता परिवर्तन नभएकोले गरिव दलीतहरुमाथि लगातार पिडित वनाइ रहेको दलीत अधिकार कर्मी चन्देश्वर पासमानले जिकिर गर्नुभएको थियो । घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।
+ There are no comments
Add yours