फरिच्छ नेपाल, सिरहा
रामनगर मिर्चैया उद्योग वाणिज्य संघको प्रेस विज्ञप्ति जारिगरि मिर्चैयामा भएको घटानाको घोर भर्तसना गरेको छ ।
मिर्चैयाको लोकमार्ग सुधार गर्ने व्यवसायीकर्मी माथी प्रहरीको हमलाबाट महासेठ रिफर विराटनगर सिरहाको मिर्चैया महिन्द्र लोकमार्ग सडक खण्डमा लामो समय देखि स्थानीयले धुवाँ, धुलोलेले हिलोका कारणले आजित बनेका व्यवसायी आन्दोलनमा उत्रेका छन ।
आइतबार मिर्चैया सडक खण्डमा व्यवसायी नागरिक समाज स्थानीय वासी लगायतका व्यक्तिहरूको शान्तिपूणर् आन्दोलनकालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरूमाथि कुटपिट गरेको हो भन्दै व्यवसायी र स्थानीय आन्दोलनमा उत्रेका छन । सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्थानीय वासिन्दालाई लखेटी लखेटी कुट पिट गरेको र दुव्यवहार गरेको उक्त घटनामा स्थानीय व्यवसायी र स्थानीय बासिहरूको कयौं लाई घाईते भएका छन । रामनगर मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ र जे।एम होटलका कामदार अजय पासवानलाई टाउको र शरीरको विभिन्न अङ्गमा हड्डी भाच्नेगरि कुटपिट पछि अस्पताल भर्ना भएका छन । उनीहरूको उपचार स्थानीय हस्पिटलमा सम्भव नभएपछि विराटनगर रिफर गरेको घटना प्रति रामनगर मिर्चैया उद्योग वाणिज्य संघको ध्यानाकर्षण भएको र उक्त घटनाको घोर भर्त्सना समेत गरेका छन । विगत चार वर्ष देखि मिर्चैया वासी, उद्योगी व्यापारीहरूले धुलो, हिलो र धुवाँको कारण वाह्य ग्राहक तथा आम नागरिक समेत आउने अवस्था नरहेको र व्यवसायीहरूलाई व्यवसायबाट समेत पलायन हुनुपर्ने अवस्था छ । साथै ऋणको व्याज तिर्ने अवस्था समेत नरहेको स्वास्थ्यमा समेत गम्भिर असर परेको उक्त विज्ञप्तिमा उल्लेख छ । शान्तिपूणर् आन्दोलन भन्दा पर्व पनि विभिन्न किसिमका दवाव शर्त सम्झौता भएको तर कार्यन्वयनमा कुनै चासो नराखी पुर्न लापरवाही गरिरहेकोले मिर्चैया वासि उद्योगी व्यवसायी नागरिक समाज लाई शान्तिपूणर् आन्दोलन गर्न वाध्यता रहेको जनाए । उक्त घटनाका दोषी उपर कार्यवाहकको माग गर्दै मिति सोमबारका दिन विहान ८ वजे देखि साँझ ६ वजे सम्म एक दिनका लागी सम्पूणर् व्यवसाय बन्द गर्ने र थप चरणवद्ध आन्दोलन गर्ने प्रेस विज्ञप्ति मार्फत जानकारी दिए ।
+ There are no comments
Add yours