फरिच्छ नेपाल
सिरहा जिल्लाको विभिन्न स्थानमा मधेश जनविद्रोहमा भएका सहिदहरुको सम्झनामा विभिन्न् कार्यक्रमहरुको आयोजना गरी अविर माला र मैनवत्ती प्रयोगरी सिरहा जिल्ला भरि मनाइएको छ ।
वलीदानी दिवस मनाउनेक्रममा मिर्चैया नगरपालीकामा जनता समाजवादी पार्टि मिर्चैया नगर समितिले मिर्चैया वजारमा शहिदहरुको तश्विरमाथि माल्यापर्ण तथा मैनवती वाली वलीदानी दिवश सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा जसपा केन्द्रिय सदस्य तथा राजनीति समिति सदस्य राम कुमार मण्डल, जिल्ला समिति सदस्य प्रभात सिंह, देव सिंह, नगर अध्यक्ष द्धय जिमी कुमार यादव, धिरेन्द्र कुमार साह, प्रेस मञ्च नेपाल केन्द्रिय सदस्य अभरेन्द्र कुमार यादव वडा अध्यक्ष विनोद महतो, मुनर लाला साह, शिवु साफि लगायत स्थानीय नेताकार्यकर्ताहरुको उस्थिती रहेको थियो ।
+ There are no comments
Add yours