चुरेको फेदवाटै नदी उत्खनन गरी वातावरण विगार्दै गर्दा प्रहरी नियन्त्रणमा

Spread the love

सिरहा,

सिरहाको मिर्चैया नगरपालिका वडा ९ स्थित चुरेको फेदमा रहेको घुर्मी खोलामा जेसिबी लगाएर अवैधरुपमा बालुवा, गिट्टी, माटो उत्खनन् गर्दै गरेको अवस्थामा १३थान ठूलो टिपर,१ जेसिबी र १ स्काईभेटर पक्राउ गरि ई।प्र।का।मिर्चैया लगिएको छ ।
विश्व वातावरण दिवशका दिन विश्व वातावरण दिवश मनाइरह्दा वातावरण ख्यालनगर्ने कस्तो मानवजातीहरु नेपाल फस्टाइरहेको छ यस घटनाले चित्रण गरिरहेकोे छ ।
चोरी निकासी गर्ने उच्चस्तरिय तरिका अपनाइएको देखिएको छ । राष्ट्रिय गौरवका योजनाका लागि मन्त्रालय, नगरपालिका, जिल्ला सवन्वय समिति, प्रमुख जिल्ला अधिकारीबाट पत्र बनाई अवैध रुपमा घुर्मी नदीबाट नदिजन्य पदार्थ उत्त्खनन् गरिरहेकै अवस्थामा पक्राउ ती गाडीहरु नियन्त्रणमा लिइएको मिर्चैया प्रहरीवाट छ ।
उत्खननमा संलग्न गाडीहरुको प्रमाण खोज्दा पुरानो मिति रहेको र बिललाई मिति परिवर्तन गरी प्रयोग गरेको थियो अन्य कुनै पनि ठोस कागजात फेला नपर्दा स्थानीय रमपुरा सामुदायिक वन मिर्चैया र गोविन्दपुर नच्द्रउदयपुर सामुदायीक वनको विच सिमा र चुरे पहाडको ५०० मिटर तलवाट १० फिट गहिरो गरि वालुवा गिट्टी उत्खनन गरिरहेको अवस्थामा बस्तीका व्यीक्तहरुले सरोकारबालाहरुलाई फोन गर्दा कानुन बमोसजम हुँदैछ भनी फोन काट्ने गरेको रामपुकार कामतीले वताउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *