प्रेमशिला यादव
आषाढ २३ गते सिरहा,
कर्जन्हा नगरपालीका वडा नं. ६ देखी पुर्व कमला नदीकटान पश्चात हुन गएको बगरमा कर्जन्हा नगरपालीका, युएनडिपी र सामुदायीक विकास तथा पैरवी मंच वर्दीवासको सहयोगमा बगरखेती फस्टाउन थालेको छ ।
कमला बगरको ११६।३ बिघा जग्गामा फलफूल, तरकारी, मकै, कोदो , इत्यादि उबजाइएको छ भने १०हजार ८७५ वटा थरिथरिका आँपको बोट लगाइएको छ ।
बगरमा जेष्ठ नागरिक भवन २०७९र०८० मा वाड नं ६ को बजेटले सम्पन्न भएको छ । बगरमा खेति गर्नको लागि सिचाई सुविधा उपलब्ध गराइएको छ । सिचाइको लागी ३ ओटा पोखरी , ५ ओटा दमकल , पाइप लाइन, १७ ओटा बोडिंग , विजुलीको पोल जडान भई लाईन पनि छिट्टै प्रशारण गरिने कर्जन्हा नगरपालीका वडा नं. ६ कावडा अध्यक्ष प्रकाशमान श्रेष्ठले वताए ।
कर्जन्हा नगरपालिका, युुएनडिपी, सामुदायीक पैरवी मंच वर्दीवास र वाडा कार्यालयको संयुक्त प्रयासमा बगरमा खेति गर्नकोलागी सहयोगगरी गरिब विपन्न परिवारका लागि ठूलो योगदान दिएक छन ।
कर्जन्हा नगरपालिका भित्रबसोबास गर्ने गरिब विपन्न भुमिहिन किसान २४३ घर धुरीले ७ काठा देखि १० काठा सम्म उब्जाएर खान्छ । उक्त जग्गा निशुल्क नगरपालिकाले उप्लव्ध गराएको छ । नगरपालिकाले नै बिउ, खाद्य, मल उपलब्ध गराएको वडा अध्यक्ष श्रेष्ठले वताए ।
+ There are no comments
Add yours