मधेश प्रदेशको विकासमा सहयोग गर्ने युनिसेफको प्रतिबद्धता

Spread the love

जनकपुरधाम । अन्तर्रािष्ट्रय संस्था युनिसेफले मधेश प्रदेशको विकासमा सहयोग गर्न तयार भएको छ । सरकारको तर्फबाट अर्थमन्त्री संजय कुमार यादवसंग भएको छलफलमा यूनिसेफका प्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मधेश भवनस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको दुई पक्षीय छलफलमा मधेश सरकारले अघि बढाएको विकास निर्माण र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने यूनिसेफका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् ।

छलफलमा अर्थमन्त्री यादवले अन्तराष्ट्रिय दातृ संस्थाहरुसँग भौतिक, आर्थिक, प्राविधिक तथा अन्य आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । अर्थमन्त्री यादवले भने, ‘कतिपय हाम्रै योजनामा समेत हाम्रो संयन्त्रले काम गर्न गर्न सकिरहेका छैनन् ‌। योजनाहरु कार्यान्वयनमा समस्या झेल्नुपरेको छ ‌।’

अन्तराष्ट्रिय संस्थाहरुसँग आधुनिक अनुभव र स्रोत साधनसहित हरेक ढंगले सक्षम रहने गरेकाले समझदारी गरेर अघि बढे प्रदेशको विकासमा सहयोग पुग्ने अर्थमन्त्री यादवले विश्वास व्यक्त गरे ।

त्यस्तै, युनिसेफका दक्षिण एसियाका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकराले मधेश प्रदेश सरकारले संचालन गरेको कार्यक्रममहरु प्रदेशवासीका लागि राम्रो रहेको भन्दैं प्रंशसा गरे । उनले भने, ‘मधेश सरकारले ल्याएको, कार्यक्रममहरु प्रदेश अनुकुल छ । हामी सहयोग गर्न तयार छौं ।’

छलफलमा खेलकुद तथा सामाज कल्याण मन्त्री सुरिता कुमारी साह र विभिन्न निकायका पदाधिकारीहरु समेत सहभागिता थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours