सिरहा ,
समाजवादी युवा संघ नेपाल जिल्ला कार्यसमिति सिरहाको जिल्ला युवा भेला बाट डा.लोकेश यादव को अध्यक्षतामा ४१ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन भयो।
उक्त कार्यक्रम जिल्ला अध्यक्ष राम सोगारथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमा प्रमुख वक्ता जसपा,नेपाल केन्द्रिय सचीव सुरेश मण्डल, विशिष्ट वक्ताहरु केन्द्रिय कार्यकारिणी सदस्य मा.राजकुमार गुप्ता, अशेश्वर यादव, केन्द्रिय सदस्य चन्देश्वर पासवान, युवा केन्द्रिय अध्यक्ष संजीव यादव पार्टी सिरहा जिल्ला अध्यक्ष अशोक यादव युवा प्रदेश अध्यक्ष कमलेश यादव, प्रेस मंच प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव ,केन्द्रिय सदस्य बिरेन्द्र यादव, धनुषा जिल्ला अध्यक्ष दिप्पु कापर लगायत युवा नेता कार्यकर्ताहरु उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
प्रमुख वक्ता सुरेश मण्डलले नवगठीत समितिलाई वधाई तथा शुभकामना दिदै आगामी कार्यदिशाको वारेमा सुझाव दिनु भयो ।
त्यसैगरी विष्शिट वक्ताहरुले नवगठीत समितिलाई वधाई तथा शुभकामना दिदै पार्टिको निर्देशन अनुसार समाजमा गएर समाजिक कर्यहरु गर्न सुझाव दिनुभयो ।
कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष राम सोगारथ यादवले समाजवादी युवा संघ नेपालले देश लगायत जिल्ला भरिमा अन्य युवासंगठन भन्दा फरक पहिचान वनाएको इतिहास रहेको भन्दै यसलाई कायम राख्दै अगाडि वढ्न सुझाव दिनुभई कार्यक्रम समापन गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य केन्द्रिय सदस्य बिरेन्द्र यादव द्धारा राखिएको थियो भने कार्यक्रमको एजेण्डाको वारेमा समाजवादी युवा संघ नेपाल अध्यक्ष कमलेश यदवले प्रष्ट पार्नुभएको थियो । त्यसै गरी पुर्नगठन प्रस्तावमा सहजीकरण समाजवादी युवा धनुषा जिल्ला अध्यक्ष दिपु कापरले गर्नुभएको जानकारि समाजवादी युवा संघ नेपाल केन्द्रय अध्यक्ष संजिव यादवले वताउनु भयो
कार्यक्रम सञ्चालन युवा नेता तनविर आलमले गरेका थिए ।
+ There are no comments
Add yours