मिर्चैैया वजार क्षेत्र पुर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने सहमति

Spread the love

स्थानीय संवाददाता
पुर्व–पश्चिम लोकमार्गको कमला–कञ्चनपुर सडक खण्ड अन्र्तगत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत गर्दै सर्भिस लेन संचालन गर्न आन्दोलनरत पक्ष र सडक निर्माण कम्पनि चाइना रेल्वे इन्जीनियरिङ्ग ग्रूप विच सहमती भई आगामी आन्दोलनका कार्यक्रमहरु स्थगीत भएको छ ।
पुर्व–पश्चिम लोकमार्गको कमला–कञ्चनपुर खण्ड अन्र्तगत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयहरु लोकमार्ग आन्दोलनमा उत्रिएका थिए ।
मिर्चैया नगरपालिका को लोक मार्गमा भएको आन्दोलन पश्चात भएको सर्वपक्षीय छलफलमा मिर्चैया नगरपालिका मेयर श्रवण यादव, जिल्ला प्रहरीका एसपी सशस्त्रका एसपीको साथै अन्य राजनीतिक दलका प्रतिनिधि स्थानीय व्यापारी वुद्धिजिवी को ऊपस्थितिमा ३ दिन भित्र सर्भिस लेनबाट बाँकी रहेको बिजुली पोल हटाउने तथा जनवरी २० देखि दक्षिण तर्फको सड्क लाइन निर्माण कार्य शुरु गरिने र १ महिनामा भित्र सम्पन्न गर्ने सहमति सड्क बिभाग, ठेकेदार कम्पनी र बिघुत प्राधिकरणको रोहबरमा बार्ता सम्मपन्न भएका जसपा नेपालका नेता अजय यादवले वताउनु भयो

You May Also Like

More From Author

+ There are no comments

Add yours