मिर्चैया,सिरहा
“मिर्चैया नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा परम्परागत शिक्षण विधिलाई प्रतिस्थापन गर्दै नवीनतम आधुनिक मैत्रीपूर्ण प्रबिधि उपकरण्हरुको उपयोग , प्रबिधिमैत्री सिकाइ र सिर्जनशील शिक्षण प्रक्रियालाई ब्यबहारिक शिक्षण पद्धतिमा ल्याउन यति आबश्यक रहेको” ज,स ,पा नेपालका पूर्व क्षेत्रिय अध्यक्ष अजय यादवले जनाएका छन् / “सामुदायिक बिधालयहरुले डिजिटल बोर्ड, अनलाइन स्रोत सामग्री, र इन्टरनेटको पहुँचलाइ सुनिश्चित गर्न सके प्राबिधिक शिक्षण सिकाइमा गुणस्तरीय वृद्धि र शैक्षिक रुपान्तरणले सहजै दिशा परिबर्तन गर्न सक्ष्म हुने” मिर्चया नगरपालिका कार्यदल सदस्य अजय यादवले” भने / बिधालयहरुमा स्मार्ट अध्यन कक्ष , प्रबिधि प्रयोगशाला , र अनलाइन कक्षाहरूको समेत उचित व्यवस्थापन हुन् नसक्दा बिधालयमा सामुदाय र अभिभावकहरूले पनि शिक्षालाई आफ्नै दायित्व ठानी विद्यालय सुधारमा प्रत्यक्ष सहभागी हुनु यति आबश्यक रहेको उनले भने /”सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधारको बिकास र बिस्तारमा सुधार नहुदा सुरक्षित, सफा, र आकर्षक कक्षा कोठा, स्वच्छ शौचालय, खेलमैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला, र अतिरिक्त क्रियाकलापका लागि उचित पूर्वाधार आबश्यक रहेको उनले “गरिब, अशक्त, वा सामाजिक रूपमा पछाडि परेका बालबालिकाहरूलाई विशेष प्राथमिकता दिई छात्रवृत्ति, निशुल्क पुस्तक, र अन्य सहयोगका सामग्रीहरु उपलब्ध हुनु पर्नेमा समेत जोड दिए” आफ्नो सुझाब दिदै नगरपालिका कार्य दल सदस्य अजय यादबले “नेपालको सामुदायिक शिक्षालाई गुणस्तरीय बनाउन सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको बताउदै “मधेशमा शिक्षाका सबाल र मुद्दाहरुमा मधेश केन्द्रीत बिधालयहरुको गुणस्तरीय शिक्षाको पहुच तथा शैक्षिक बाताबरण र गतिविधिमा स्थानीय तहको प्रतिबदता र सामाजिक क्षेत्रको प्राथमिकता सन्दर्भमा बालबालिका बिधालय तहको शिक्षामा स्थानीय तहको जिम्मेबारी रहेतापनि बिधालयको अबधारणा अनुरुप सफल कार्यान्बयनको लागी तिनै तह बीच सहकार्य सुझाब र मुल्याकनका लागी आबश्यक सयन्त्र निर्माण गर्न जरुरी रहेको मिर्चैया नगरपालिका कार्यदल सदस्य अजय यादबले सुझाब दिएका थिए /

+ There are no comments
Add yours