जनकपुरधाम, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण तथा विस्तार कार्यलाई तीव्र बनाएको छ ।
पार्टीको केन्द्रीय निर्णयअनुसार सुरु भएको ‘आधारभूत संगठन निर्माण अभियान’ ले धनुषामा पनि तीव्रता पाएको छ ।
जिल्लाको विभिन्न पालिकाहरुमा अभियान जारी रहेको धनुषाका संगठन विभाग प्रमुख शत्रुघन यादवले बताए । सोही अभियान अन्तर्गत शनिबार लक्ष्मीनियाँ गाउँपालिकामा नगरसमिति विस्तार तथा पुनर्गठन गरिएको उनले जनाए ।
‘जनतासँग जसपा, घरघरमा जसपा’ देशको हरेक जनमन रहने पार्टी जसपा नेपाल बनाउने मूलमन्त्र हो, एक नेताले भने ।
पूर्व सांसद चमेली देवी दासले भनिन्, जसपा नेपाल बिगतमा पनि यस पालिकामा पहिलो थियो । फेरिपनि पहिलो बनाउने प्रयासमा हामी लागिपरेका छौं ।
पार्टीप्रति आकर्षण बढेको बताउँदै उनले भनिन्, ‘लक्ष्मीनियाँ गाउँपालिका जसपा नेपालमय बनाउने दाबी गर्दै आफूहरुलाई सहयोग गर्न पार्टीका शीर्षस्थ नेताहरुको ध्यानाकर्षण समेत गराइन् ।’
ग्रासरुटमा काम गर्ने नेता कार्यकर्ताको भावना विपरीत शीर्षस्थ नेताहरुले सर्कुलर जारी गरिदिँदा पार्टीका संगठन कमजोर बन्दै जाने हुनाले आफ्नो स्थान बलियो र सुरक्षित देखिए कसैसँग साँठघाँट नगरिदिन आग्रह गरिन् ।
समिति पुनर्गठन कार्यक्रममा महिला नेतृ एवं पूर्व प्रदेश सांसद चमेली देवी दास, केन्द्रीय सदस्य रामगोविन्द यादव, जिल्ला नेता धर्मनाथ यादव, जिल्ला उपाध्यक्ष ललित मण्डल, कोषाध्क्ष सुजिता यादव लगायत नगरस्तरीय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
+ There are no comments
Add yours